काठमाडौँ । सडक विस्तार र मेलम्ची आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले आज राजधानीका विभिन्न क्षेत्रमा विद्युतभार कटौति हुने भएको छ ।
प्राधिकरणका अनुसार सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडान कार्य गर्नुपर्ने भएकोले विद्युतभार कटौति गर्न लागिएको हो ।
चावहिल सव स्टेशनबाट वितरण गरिएको सुन्दरीजल फिडर अन्तर्गत गोपिकृष्ण हल, सरस्वतीनगर लगायतका क्षेत्रमा दैनिक दुईदेखि ३ घण्टा विद्युत कटौति हुनेछ ।
त्यस्तै बानेश्वर सव स्टेशनको क्षमता वृद्धि गर्ने कार्य जारी रहेका कारण धोवीखोला क्षेत्र, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, संखमुल क्षेत्र, कानेश्वर, कोटेश्वर र इमाडोल क्षेत्रमा समेत फरक फरक समयमा दैनिक चार घण्टा विद्युत कटौति हुने छ ।
राजधानीका अन्य क्षेत्रमा पनि केही अवरोध आउन सक्नेछ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्