काठमाडौं । नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल पार्टीबीच एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग एकताका लागि प्रक्रिया चलिरहेको भएपनि पुष्पकमल दाहाल प्रचण्ड थाइल्याण्डबाट फर्केलगत्तै माओवादी केन्द्रले प्रत्यक्ष कार्यकारीको एजेण्डा जोडदारका साथ उठाएपछि नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई एकताका लागि तयार भएका हुन् ।
यद्यपी समाजवादी फोरमसँग एकता प्रक्रिया हिजो नै भंग भइसकेको छ । बाबुराम नयाँ शक्ति खोले देखिनै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको लाइनमा छन् । उनले यसका लागि बेला बेला आवाज उठाउँदै आएका थिए ।
आफ्नो पुरानो पार्टीले नै यो एजेण्डा आत्मसात गरेपछि विचार र सिद्धान्तको मिलेको भन्दै बाबुराम अब एकीकरणका लागि तयार भएको स्रोतको भनाई छ । स्रोतका अनुसार माओवादी र नयाँ शक्तिबीच एकीकरण अन्तिम चरणका पुगेको छ । अब बाबुराम माओवादीमा विलय भएपछि पार्टीको सह अध्यक्ष बन्नेछन् ।
यद्यपी पदीय मर्यादा लगायत बाँकी सबै कुरा मिलेपनि पार्टीको नाममा भन्ने बाबुरामको बेगलै लाईन छ । बाबुरामले माओवादी नभएर जनवादी वा समाजवादी नाम राख्न प्रस्ताव गरेका छन् । जसमा छिट्टै सहमति भई माओवादीसँग एकीकरण हुने नेताहरुको भनाई छ ।
प्रचण्ड र बाबुरामको एकताको खबरसँगै कांग्रेस र एमालेमा भने खैलाबैला मच्चिएको छ । अब माओवादी बलियो भयो भन्ने उनीहरुको बुझाई आइरहेको छ । र, प्रत्यक्ष कार्यकारीको एजेण्डालाई कांग्रेस एमालेले स्वीकार नगरेकाले पनि उनीहरु झस्किएको सुत्रहरु बताउँछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्