कार्यभार सम्हालेको पुरै एक महिनापछि प्रधानमन्त्री देउवा बल्लतल्ल मन्त्रीमण्डल बिस्तारको तयारी जुटेका छन् । माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले शुक्रबारभित्रै मन्त्रिमण्डल विस्तार गर्न दवाव दिएपछि देउवा तयारीमा जुटेकाे स्राेतकाे भनार्इ छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र केही साना दलहरूका तर्फबाट मन्त्रीका अाकांक्षीहरूकाे लर्काे नै लागेकाे छ। माअाेवादी केन्द्रमा यसअघि नै मन्त्रिका अाकांक्षीहरूबीच हानथाप नै चलेकाे थियाे ।
हेडक्वार्टर नजिकका नेताहरूलार्इ मन्त्री बनाउन लागिएकाे भन्दै माअाेवादी केन्द्रका केहि नेताहरूले सार्वजनिकरूपमै असन्तुिष्ट पनि जनाएका थिए । माअाेवादी केन्द्रबाट मन्त्री बन्ने सूचीमा गिरिराजमणि पोखरेल (स्वास्थ्य), महेन्द्रकुमार शाही (उर्जा), सीता नेपाली, शिवकुमार मण्डल, रामनारायण बिडारी, रेखा शर्मालगायतको नाम चर्चामा छ ।
त्यस्तै काँग्रेसबाट बरिष्ठ नेता रामचन्द्र पौडेल, खुमबहादुर खड्का, कृष्णप्रसाद सिटौला पक्षलाई पनि देउवाले मन्त्रालय दिनसक्ने छन् भने सिटौला पक्षबाट भीमसेनदास मन्त्री बन्ने छन् । देउवा समूहबाट मदन अमात्य, ध्यानगोविन्द रञ्जित, राधेचन्द्र यादव, भरत शाह, मानबहादुर विश्वकर्मा, हरि नेपाल, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, वीरबहादुर बलायर, बहादुरसिंह लामा, बहादुरसिंह थापा, अर्जुनप्रसाद जोशी, सुरेन्द्र यादवलगायतले मन्त्रीको आकांक्षा राखेका छन् ।
पौडेल समूहबाट रामशरण महत, बलबहादुर केसीले आफैं मन्त्री बन्ने इच्छा देखाए पनि यी दुईको गुटलाई मन्त्री दिने पक्षमा पौडेल छैनन् । र मन्त्रीका आकांक्षी धेरै रहेकाले कसलाई पठाउने भन्ने बारे टुंगो लगाउन पौडेललाई धौ धौ भएको छ ।
‘आफ्नो पक्षलाई प्राप्त हुने चारवटा कोटामा पौडेलले महेश आचार्यका अलावा महिलाबाट कमला पन्त, जनजातिबाट धनराज गुरुङ र मधेसीबाट रामकृष्ण यादवलाई मन्त्री बनाउने तयारी छ । महामन्त्री डा.शशांक कोइरालाको कोटामा दीपक गिरीफेरि मन्त्री बन्ने सूचीमा परेका छन् ।’ काँग्रेस उच्च स्रोतले इमान्दार मिडियालाई भन्यो – ‘खुमबहादुर खड्का समूहबाट मोहनबहादुर बस्नेत मन्त्री बन्ने निश्चित जस्तै छ, टेकबहादुर गुरुङले पनि दाबी त गरिरहेकै छन् । सप्तरीका सुरेन्द्र यादब पनि मन्त्री बन्ने तयारीमा छन् ।’
फोरम लोकतान्त्रिकबाट जितेन्द्र देव र गोपाल दहितले मन्त्री पदको सपथ लिनसक्ने स्रोतको भनाई छ । नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता समेत रहेका शेरबहादुर देउवा गत जेठ २३ गते व्यवस्थापिका–संसद्को बैठकबाट मुलुकको ४०औँ प्रधानमन्त्री निर्वाचित भएका थिए । प्रधानमन्त्रीका रुपमा यो उनको चौथो कार्यकाल हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्