
स्थानीय तहको निर्वाचनअघि नेकपा एमालेले भनेको थियो कांग्रेस हाफ, माओवादी पत्तासाफ ! एमालेले भनेजस्तो त भएन तर एउटा हाफ अरू पत्तासाफ भएको तथ्याङ्क देखिएको छ ।
स्थानीय तहको दुई चरणमा भइसकेको निर्वाचनको तहगत तथ्याङ्कले एमालेसँग कांग्रेसको जनमतको तुलनात्मक स्पर्धा रहेपनि माओवादी हाफ र बाँकी पत्तासाफ देखिएका छन् ।
प्रदेश नम्बर २ बाहेक अन्यत्र स्थानीय तह निर्वाचन सम्पन्न भएका ठाउँमा एमाले २७६, कांग्रेसले २२७, माओवादीले ८४ स्थानीय तह जितेको छ ।
भरतपुर महानगरबाहेक ६१६ स्थानीय तहमा तीन पार्टीका प्रमुख पदका उम्मेदवारहरूले पाएको मत पपुलर हुन् । एमालेले २६ लाख ९८ हजार ७३६ मत पाएको छ ।
कांग्रेसले २६ लाख ५६ हजार २७५ मत पाएको छ । दुई दलको मतान्तर ४२ हजार ४६१ मात्र देखिन्छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले कुल १२ लाख ७५ हजार ३५ मत पाएको छ ।
हरेक स्थानीय तहको प्रमुखमा पाएको मत जोड्दा प्रदेश नम्बर १ र ३ मा एमालेले धेरै मत पाएको छ । तर, बाँकी ४, ५, ६ र ७ नम्बर प्रदेशमा कांग्रेस अगाडि देखिएको छ । माओवादी केन्द्र भने सबै प्रदेशमा तेस्रो स्थानमा रहेको छ ।
यसकारण पनि जनाधार गुमेको विषयमा माओवादी चिन्तित रहेको छ । संविधानसभामा राम्रो आधार बनाएका दलहरूको भने पत्तासाफ भएको छ ।
खासगरी राप्रपा, संघीय समाजवादी फोरम, नयाँ शक्ति, फोरम लोकतान्त्रिकलगायतका ३३ दलको पत्तासाफ नै भएको छ । यी दलहरूको जनाधकार कमजोर देखिएको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्