काठमाडौँ । माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठको सिफासिरमा जनमुक्ति सेनाका एक पूर्व कमाण्डर उर्जामन्त्री बन्ने भएका छन ।
कर्णालीबाट प्रतितिधित्व गर्दै जनमुक्ति सेनाका पूर्व डिभिजन कमाण्डर महेन्द्रबहादुर शाही ‘प्रज्जवल’ लाई माओवादी केन्द्रले मन्त्री बनाउन लागेको हो। ‘प्रज्जवललाई यसअघि डिपुटी कमाण्डर प्रभाकरले समालेको ऊर्जामन्त्रालयको जिम्मेवारी दिने टुंगो लागेको छ, उहाँलाई नेता नारायणकाजी श्रेष्ठले सिफारिस गर्नुभएको हो ।’ स्रोतले इमान्दार मिडियासँग भन्यो – ‘यसमा प्रधानमन्त्री देउवाले सहमति जनाइसकेका छन् ।’
युवा नेता प्रज्जवलले जनयुद्धको सुरुवातसँगै २०५२ सालबाटै पूर्णकालिन राजनीति सुरु गरेका थिए । सत्तारुढ नेपाली काँग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तार गर्न नसकेपनि भित्रभित्रै तयारी भइरहेको छ ।
आकांक्षीको सूची लामो भएको र त्यसबाट छान्नु पर्ने र अन्य दललाई पनि भाग लगाउनु पर्ने भएका कारण प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मन्त्रिमण्डल विस्तार गर्न सकस भएको छ । काँग्रेसमा औपचारिक रुपमै गुटको भागबण्डा र माओवादी केन्द्रमा अनौपचारिक रुपममा भएपनि सबै पक्षलाई मिलाउने पर्ने बाध्यता देउवा र प्रचण्डका अगाडि छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्