×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भोट तान्न श्रममन्त्री रमुल्ला मन्सुरसँग मिलेर विमल ढकालले ब्ल्याकमेल गरेको खुलासा….

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भोट तान्न श्रममन्त्री रमुल्ला मन्सुरसँग मिलेर विमल ढकालले ब्ल्याकमेल गरेको खुलासा….

Artha Sarokar

२९ असार २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैदेशिक रोजगार ब्यवसायी संघ अध्यक्ष पदका उम्मेद्धार बिमल ढकालले सिण्डिकेटका नाममा मतदाता ब्यवसायीहरुसँग ब्ल्याकमेल गरेको तथ्य बाहिर आएको छ । बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचन भोली ३० असारमा हुँदैछ । 
निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न ढकालले मलेसियामा कामदार पठाउने मेनपावर कम्पनीहरुलाई सिण्डिकेटका नाममा ब्ल्याकमेल गरेको ब्यवसायीहरुले बताएका छन् । वैदेशिक रोजगार ब्यवसायी संघको अधिबेशन नजिक आइरहेका बेला मलेसियामा कामदार पठाउने मेनपावर कम्पनीहरुमा सिण्डिकेटको नयाँ खेल शुरु भएको छ ।
नेपालमा साढे आठ सय मेनपावर कम्पनीहरु दर्ता भएका छन् । आठ सय मेनपावर कम्पनीहरुले मलेसिया लगायतका देशमा कामदार आपूर्ति गर्दै आएका छन् । तर ढकालको सल्लाहमा सरकारले सिमित कम्पनीलाई मात्र मलेसिया पठाउने अनुमति दिने तयारी गरेको छ । कांग्रेस नेता फरमुल्ला मन्सुर श्रममन्त्री छन्, उनीसँगै मिलेर वर्तमान बैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष समेत रहेका ढकालले मलेसिया पठाउने मेनपावर कम्पनीहरुलाई सिण्डिकेटको तरवार झुण्डाउन थालेका छन् । मलेसिया पठाउने कम्पनीहरुमा सिण्डिकेट लागु भए साढे ८ सय कम्पनी मध्ये १५ कम्पनीले मात्र स्वीकृति पाउनेछन् ।
मलेसियामा कामदार आपुर्ति गर्दै आएका मेनपावर ब्यवसायीलाई उनले तर्साउन थालेको स्रोतले बताएको छ । मलाई भोट दिए तपाईहरको कम्पनीलाई स्वीकृति दिलाउँछु नत्र मलेसिया कामदार पठाउन अब गाह्रो हुनेछ, भोट तान्न ढकालले यस्तो ब्ल्याकमेल गर्न थालेको एक ब्यवसायीले बताए । तर सिण्डिकेटको तरवार झुण्डाएर ब्यवसायीबाट मत लिने प्रयास गरेको ब्यवसायीको बुझाई छ ।
मलेसियाको फरेन वर्कस सेन्ट्रलाइज म्यानेजमेन्ट सिष्टम (एफडब्लुसिएमएस) ले नेपालमा जम्मा १५ कम्पनीलाईमात्र मलेसियामा कामदार आपूर्ति गर्न पाउने अधिकार दिनेगरी त्यसको प्रक्रिया अघि बढाएको संघका अध्यक्ष ढकालले स्वीकार गरेका छन् । ढकालकै पहलमा मलेसियामा त्यसको निर्णय भइसकेको छ । अब छिट्टै नेपालमा लागु गर्ने उनको गोप्य गेमप्लान रहेको छ ।
एफडब्लुसिएमएस मलेसियन सरकारद्धारा स्वीकृत प्राप्त संस्था हो । नेपालबाट मलेसिया जाने कामदारका लागि स्वीकृति दिने काम गर्छ । यही संस्थाले बायोमेट्रिक नामक प्रणाली पनि सञ्चालन गर्दै आएको छ । – एस काठमाडौंबाट 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी