Skip to content
LAXMI SUNRISE BANK

फलोअप : मिसन डेभलोपमेन्ट बैंकको साधारणसभा खारेजीको माग गर्दै कम्पनी रजिष्ट्रार पुग्दै लगानीकर्ता !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बैंकले लगानीकर्ताहरुमाथि ज्यादती गरेको भन्दै कारवाहीको मागसहित धीतोपत्र बोर्डमा उजुरी गरेका मिसन डेभलोपमेन्ट बैंकका लगानीकर्ताहरुले साधारणसभाको खारेजीको माग गर्दै कम्पनी रजिस्ट्रारको कार्यालयमा उजुरी गर्ने भएका छन् ।
‘उजुरीको ड्राफ्ट तयार भएको छ । शुक्रबार उजुरी गर्छौं । शुक्रबार नभ्याए आइतबार उजुरी गर्छौं । कुनैपनि हालतमा मिसनको साधारणसभा रोकिनुपर्छ । लगानीकर्तामाथिको भेदभाव बन्द हुनुपर्छ ।’ एक लगानीकर्ताले अर्थ सरोकार डटकमसँग भने ।
यसअघि बोनस सेयर दाखेल खारेज हुनुभन्दा अघिल्लो दिनसम्म कम्पनीबाट बाँडफाँड भएका सम्पूर्ण सेयरधनीहरुलाई बोनस सेयर प्रदान गर्नुपर्नेमा बैंकले त्यस्तो नगरी मनपरी ढंगबाट आफ्ना सेयरहोल्डरहरुलाई नै भेदभाव गरेको भन्दै धीतोपत्र बोर्डमा उजुरी परेको थियो ।
बैंकले २०७३ –१२-३ देखि २०७४-०१-०६ सम्म १:१ दरले हकप्रद सेयर खुलाएको थियो । जसअनुसार २०७४-०१-१५ मा उक्त हकप्रद सेयर बाँडफांडसमेत गरिएको थियो । अवितरित हकप्रद सेयर पनि लिलामी प्रक्रियाबाट मिति २०७४ -०२- १२ गतेका दिन बाँडफांड गरी उक्त सेयर उक्त कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि चुक्ता पूँजी ३८९८५०००० रहेकोमा २०७४-०२-१८ मा बसेको संचालक समितिको बैठकले २०७३ साल असार मसान्त सम्म कायम रहेको चुक्तापूँजीमा मात्र बोनस सेयर दिने भनी साधारण सभाको सुचना प्रकाशित गरेको र यसरी सेयर होल्डरहरु मारमा परेको भन्दै बोर्डमा उजुरी परेको हो । हेर्नुहोस् उजुरीको पूर्ण पाठ :
      
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK