
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – मिसन डेभलोपमेन्ट बैंकले सेयर होल्डरहरुलाई ज्यादती गरेको भन्दै धीतोपत्र बोर्डमा उजुरी परेको छ । बोनस सेयर दाखेल खारेज हुनुभन्दा अघिल्लो दिनसम्म कम्पनीबाट बाँडफाँड भएका सम्पूर्ण सेयरधनीहरुलाई बोनस सेयर प्रदान गर्नुपर्नेमा बैंकले त्यस्तो नगरी मनपरी ढंगबाट आफ्ना सेयरहोल्डरहरुलाई नै भेदभाव गरेको भन्दै बोर्डमा उजुरी परेको हो ।
बैंकले २०७३ –१२-३ देखि २०७४-०१-०६ सम्म १:१ दरले हकप्रद सेयर खुलाएको थियो । जसअनुसार २०७४-०१-१५ मा उक्त हकप्रद सेयर बाँडफांडसमेत गरिएको थियो । अवितरित हकप्रद सेयर पनि लिलामी प्रक्रियाबाट मिति २०७४ -०२- १२ गतेका दिन बाँडफांड गरी उक्त सेयर उक्त कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि चुक्ता पूँजी ३८९८५०००० रहेकोमा २०७४-०२-१८ मा बसेको संचालक समितिको बैठकले २०७३ साल असार मसान्त सम्म कायम रहेको चुक्तापूँजीमा मात्र बोनस सेयर दिने भनी साधारण सभाको सुचना प्रकाशित गरेको र यसरी सेयर होल्डरहरु मारमा परेको भन्दै बोर्डमा उजुरी परेको हो । हेर्नुहोस् उजुरीको पूर्ण पाठ :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्