
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – यसपाली नागपञ्चमी र रक्षाबन्धन एकै दिन परेको छ । पञ्चाङ्ग निर्णायक समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै साउन १३ गते नै नागपञ्चमी मनाउन सुझाव दिएको हो । यो दिन जनैपूर्णिमा समेत पर्छ । ११० वर्षको इतिहासमा चौथोपटक रक्षाबन्धन पर्व र नागपञ्चमी एकै दिन परेको हो । यसअघि विक्रम सम्बत १९६३, १९८२, २०२८ र २०४७ सालमा यस्तै परेको थियो ।
पञ्चाङ्ग समितिको विज्ञप्तिमा भनिएको छ- ‘श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रीपूर्व खण्डग्रास चन्द्रग्रहण भएकाले सो दिन गरिने उपाकर्म, ऋषितर्पणी र रक्षावन्धन श्रावण १३ गते शुक्रबार नागपञ्चमीका दिन गर्नु शास्त्र तथा परम्परा अनुसार समुचित छ ।’ पञ्चाङ्ग समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले विज्ञप्ति जारी गरी कुनै भ्रममा नपर्न र साउन १३ गते नै रक्षाबन्धन गर्न आग्रह गरेको छ । नागपञ्चमी र रक्षाबन्धन एकै दिन गरिएको २७ वर्षपछि यो पटक हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्