
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सीताराम थपलियाको कार्यकाल सकिएसँगै खाली रहेको नेप्सेको महानिर्देशक पदका लागि अहिले धेरैको दौडधुप छ । भोला पाण्डे, पर्वत कार्की, शिवनाथ पाण्डे, दण्डपानी न्यौपाने, लगायत आधा दर्जन बढी अहिले पनि दौडमा छन् । यो बीचमा कहिले को साइड लाग्दै, कहिले को पुन: आउंदै गरिरहेका छन् । यो भीडमा नेपाली लगानीकर्ता माझ परिचित अर्का एक अनुहारले पनि नेप्सेको महाप्रबन्धक हुने इक्षा देखाएका छन् ।
नेप्सेको जीएम हुन आकांक्षा राख्ने अर्का व्यक्ति हुन् नवराज घिमिरे । लगानीकर्ता र सेयर बजार विश्लेषकको रुपमा चिनिने उनी अर्थ सरोकार डटकममा समेत स्तम्वकार हुन् । झण्डै दश वर्षअघि जनजागृती उच्च मा. वि. भिमान, सिन्धुलीबाट शिक्षण पेशामा उपदान लिएका उनी अहिले नेपाली पूँजी बजारमा सक्रिय छन् ।
अहिले नेप्सेको जीएम पदको छिनोफानो कांग्रेसी नेताहरुले गर्ने भन्ने चर्चा चलिरहेका बेला र कांग्रेसकै सरकार भएका बेला नेकपा एमालेका प्रभावशाली नेताहरुले उनका लागि लविङ गरिरहेको बुझिएको छ । ‘नेप्से पूरै कांग्रेसीहरुको बन्दी भयो, अव एमालेका साथीहरु जानुपर्छ भनेर चर्को कुरा उठीरहेको छ । प्रतिपक्षका हिसावले हाम्रो बढी नै जोड हुने नै भयो ।’ एमालेका एक बरिष्ट नेताले अर्थ सरोकार डटकमसँग भने ।
‘कांग्रेसीजनको बढी जोड कि मनोज ज्ञवाली, कि पर्वत कार्की भन्ने रहेछ । रामचन्द्र पौडेल समूहले प्रकाश लम्सालको नाम पनि उठाएको रहेछ । देउवा निकट भोला पाण्डेको नाम पनि सुनिएको रहेछ । यसपाली नेप्सेको जीएमचाहिं एमालेकै साथी नियुक्त हुनुपर्छ भनेका छौं ।’ ती नेताले अर्थ सरोकार डटकमसँग भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्