काठमाडौं । आफूभित्रको सम्भावना माओबादीमा बस्दा पुरा नहुने देखेर नयाँ दल निर्माणमा बाबुराम जुटे पनि उनी छोटो समयमा नै नयाँ यात्राबाट निराश देखिन्छन् |
स्थानीय तहको निर्वाचनमा जनमतको परिणामले गर्दा बाबुरामले पार्टीका नेताहरुसंग अनपेक्षित प्रस्ताव गरेका छन् | स्थानीय तहको निर्वाचनपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको नेतृत्व नै छाड्ने इच्छा देखाएका छन् | साँघु साप्ताहिकमा समाचार छ ।
नयाँ शक्ति निकट श्रोतका अनुसार बाबुरामले उनीभन्दा तल्लो तहका नेतालाई बोलाएर केहि दिन अघि मात्र नेतृत्व लीइदिन आग्रह गरेका थिए |माओबादी पृष्ठभूमिका दुई नेता देबेन्द्र पौडेल र गंगा नारायण श्रेष्ठलाई भट्टराईले यस्तो आग्रह गरेको चर्चा नयाँ शक्ति पार्टीमा चुलिएको छ |
नयाँ शक्ति निकट श्रोतका अनुसार बाबुरामले पौडेल र श्रेष्ठलाई ६ महिनाका लागि पार्टी नेतृत्व लिईदिन आग्रह गरेका हुन् |बाबुरामले ६ महिना युरोपको विकास मोडल अध्ययनका लागि आफुलाई समय चहिएको भन्दै पार्टीका नेताहरुसंग यस्तो आग्रह गरेको बताईन्छ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्