Skip to content
LAXMI SUNRISE BANK

नयाँ शक्ति अव ‘नयाँ शक्ति फोरम’ बन्दै, उपन्द्र यादवको पार्टीसँग हुने भो एकता, मधेशीमा मुद्धा मुख्य एजेन्डा !

अर्थ सरोकार

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिने भएको छ । साउन १५ गते एकता घोषणा गर्ने गरी दुवै पार्टीले साउन ११ र १२ गतेका लागि आ–आफ्ना केन्द्रीय कार्यसमिति बैठक डाकेका छन् ।
एकीकृत पार्टीको नाम टुंगो लागिनसके पनि नयाँ शक्ति फोरम हुने सम्भावना बलियो छ । अध्यक्षमा उपेन्द्र यादव, भट्टराई अधिकार सम्पन्न सर्वोच्च नेता र अशोक राई वरिष्ठ नेता रहने सहमति भइसकेको दुवैतिरको उच्च स्रोतले दाबी गर्‍यो । आर्य खस, जनजाति र मधेसी क्लस्टर मिलाएर नेतृत्व निर्माण हुने फोरम स्रोतको भनाइ छ । तर भट्टराई र यादवले कुराकानी चलिरहे पनि पद बाँडफाँड गर्ने तहसम्म पुगिनसकेको जिकिर गरे ।
‘केही निट्टीग्रिटी मिलाउन बाँकी छन्, तर समग्रमा कुरा मिल्नेतिर गइरहेको छ,’ नयाँ शक्ति संयोजक भट्टराईले भने, ‘बाहिर आएजस्तै पदै बाँडिसकियो भन्ने होइन, तर वैकल्पिक शक्ति बनाउने प्रयासमा दुवैतिरको नेतृत्व गम्भीर भएर लागेको छ ।’ भट्टराईनिकट स्रोतका अनुसार बिहीबार र शुक्रबार काठमाडौंमा नयाँ शक्ति उच्च तहको आकस्मिक बैठक यसै एकता एजेन्डाका लागि डाकिएको छ । पार्टी नेता केशव दाहालले भने नयाँ शक्तिभित्र एकता गर्ने र नगर्ने दुवै मत अहिले पनि बहसमा रहेको जानकारी दिए ।
उता फोरमको असार २४ र २५ गते पदाधिकारी बैठकले तेस्रो चरणको स्थानीय चुनाव अगावै नयाँ शक्तिसँग एकता गरिसक्ने निर्णय लिएको थियो । असार ३० र ३१ गतेको राजनीतिक समिति बैठकले त्यसै नीतिलाई अनुमोदन गर्‍यो भने मंगलबारसम्म चलेको केन्द्रीय समिति बैठकले नयाँ शक्तिसँग एकता गर्ने, आवश्यक ठाउँमा माओवादीलगायत विचार मिल्ने शक्तिसँग चुनावी तालमेल गर्ने निर्णय पास गर्‍यो । ‘साउन १५ को एकता तयारी छ, समान विचार मिल्नेसँग एकता गर्ने भनी पार्टीले गरेको निर्णय नयाँ शक्तिसँगै सम्बन्धित छ,’ यादवनिकट स्रोतले भन्यो ।
फोरम केन्द्रीय सदस्य योगेन्द्र यादवले अहिलेको राजनीतिक परिस्थितिमा फोरम र नयाँ शक्ति मिलेर वैकल्पिक शक्ति निर्माण गर्ने समझदारी बन्न गएको भन्दै कांग्रेस, एमाले, माओवादीपछिको शक्तिशाली प्लेटफर्म निर्माण गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताए । 
नयाँ शक्ति नेता दाहालले चुनावपछिको समीक्षा जारी रहेकाले अब एकताका बारेमा थप कुरा हुने बताए । ‘चुनावका कारण बीचमा एकतासम्बन्धी बहस रोकिएको थियो, केन्द्रीय बैठकमा हामी यसबारे छलफल गर्दै छौं,’ उनले भने, ‘त्यसभन्दा अघि भोलि र पर्सि अनौपचारिक छलफलबाट यो विषयमा धारणा बनाउने छौं । कान्तिपुरमा खबर छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK