
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीको गिरप्तार गरिएका नेता र कार्यकर्तालाई विनाशर्त स–सम्मान रिहा नगरे आगामी असार २७ गते नेपाल बन्द गर्ने घोषणा गरेको छ । उसले नेपाली क्रान्ति र आफ्नो पार्टीका विरुद्ध देउवा सरकारको जनार्दन गृह प्रशासनले गरेको निरंकुश दमनका विरुद्ध आयोजना गरिएको नेपाल बन्द कार्यक्रमलाई भब्य रुपमा सफल पार्न सिङ्गो पार्टीपंति र आम नेपाली जनतामा समक्ष विशेष अनुरोध समेत गरेको छ ।
यस बिषयमा नेकपाका प्रवक्ता प्रकाण्डद्वारा जारी प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – ” देउवा सरकारको जनार्दन गृह प्रशासनले कथित स्थानीय चुनावको बहानामा हाम्रो पार्टीका नेता र कार्यकर्तामाथि गरेको दमनका विरुद्ध संघर्षको कार्यक्रम घोषणा गर्न यो प्रेश विज्ञप्ति जारी गरिएको छ ।
१) सर्वविदितै छ कि नेपाली राजनीतिमा राष्ट्रघात र प्रतिक्रान्तिका विरुद्ध राष्ट्रिय मुक्ति र राजनैतिक क्रान्तिको प्रकृया नयाँ शिराबाट अगाडि बढीराखेको छ । तात्कालीक प्रचण्ड सरकारले नेपाली क्रान्तिका विरुद्ध षड्यन्त्रको रुपमा स्थानीय चुनावको घोषणा गर्दा हाम्रो पार्टीले जनताको जनसत्ता निर्माण र संचालनकालागि आमनेपाली जनतालाई कथित स्थानीय चुनावको खारेजीको निम्ति अपिल ग¥यो र आन्दोलन चलायो । असाढ १४ गतेको दोश्रो चुनावसम्म आउदा देउवा सरकारको जनार्दन गृह प्रशासनले हाम्रो पार्टीका सयौं नेता र कार्यकर्तालाई बेलगाम गैर कानुनी गिरप्तार ग-यो ।
गिरप्तारीको रणनीति, शैली र व्यवहारले जनयुद्धमा लगाएको संकटकाललाई मात ग-यो । नेपाल कम्युनिस्ट पार्टी, यसका नेता, कार्यकर्ता र चुनाव खारेजी अभियानमा सहभागी जनतामाथि गरिएको दमन र पाशविक धरपकडको हाम्रो पार्टी गंभिर आपत्ति सहिद खेद व्यक्त गर्दछ ।
२) अहिले पनि पार्टीको केन्द्रीय सदस्य तथा मेची ब्यूरो इञ्चार्ज क.सुमन र झापा जिल्ला सेक्रेटरी क.तारा थापालाई गंभिर प्रकृतिको मुद्दामा फसाउने रणनीतिमा झापाबाट रौंतहडको चन्द्रनिगाहपुर ल्याएको छ । सर्लाहीबाट सिन्धुली आउदै गर्दा बीच बाटोमा गिरप्तार गरिएका पार्टी केन्द्रीय सदस्य तथा जनकपुर ब्यूरो इञ्चार्ज क.सन्देशलाई खरखजना मुद्दा लगाइएको छ । पार्टीको कोशी ब्यूरो सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय सचिव क.इन्द्रिरा मिश्र (क.चेतना)लाई मोरङमा गिरप्तार गरी आफ्नो नियन्त्रणमा लिएपछि प्रशासनले झोलामा बम राखिदिएर आफ्नो हो भन भन्दा नमाने पछि चरम यातना दिइयो र खरखजना मुद्दा लगाउने षड्यन्त्र गरिएको छ । रोल्पा थवाङबाट गिरप्तार गरिएका शहिद सेते वलीका छोरा क.वीर ब.वलीलाई झुट्टा मुद्दामा फसाइदै छ । मोरङमा पार्टी जिल्ला सदस्य क.दिप आचार्य, क.नवराज नेपाल, क.गणेश निरौला र एरिया सदस्य क.किरण नेपाललाई हिरासतमा सडाएको छ ।
रौंतहडको चन्द्रनिगाहापुरबाट गिरप्तार गरिएका झापाका क.प्रशान्त (तारा थापा) र क.दिलीप थापालाई जेलमा कोचेको छ । उदयपुरमा २ जना र खोटाङमा १ जना कमरेडहरुलाई थुनिराखेको छ । देशै भरी दर्जनौं पार्टी नेता र कार्यकर्तालाई अहिले सम्म गैरकानुनी थुनछेक र झुट्टा मुद्दामा फसाउने डिजाइनमा देउवा सरकारको गृह प्रशासन हात धोएर लागेको छ । हाम्रो पार्टी देउवा सरकार र यसको जनार्दन गृह प्रशासनलाई के चेतावनी दिन्छ भने देश र जनता, क्रान्ति र परिवर्तनको निम्ति संघर्षरत हाम्रो पार्टीका नेता र कार्यकर्तालाई झुट्टा मुद्दामा फसाएर दमन गर्ने मुर्खता नगरियोस । यसको परिणाम राम्रो हुने छैन । यसको जिम्मेवार सरकार र गृह प्रशासन हुनु पर्नेछ । हाम्रा गिरप्तार कमरेडहरुलाई तुरुन्त रिहा गरियोस ।
३) गिरप्तार गरिएका पार्टीका नेता र कार्यकर्तालाई विनाशर्त स–सम्मान रिहा गरिएन भने पार्टीले आगामी असाढ २७ गते यसका विरुद्ध नेपाल बन्दको घोषणा गर्दछ । नेपाली क्रान्ति र हाम्रो पार्टीका विरुद्ध देउवा सरकारको जनार्दन गृह प्रशासनले गरेको निरंकुश दमनका विरुद्ध आयोजना गरिएको नेपाल बन्द कार्यक्रमलाई भब्य रुपमा सफल पार्न सिङ्गो पार्टी पंति र आम नेपाली जनतामा हाम्रो पार्टी विशेष अनुरोध गर्दछ । ”
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्