
काठमाडौँ । सुडानकाण्डमा तीन प्रहरी महानीरिक्षकहरू जेल गएको चर्चा सलाउन नपाउदै नेपाल प्रहरीमा अहिले जुत्ताकाण्ड निकै चर्चित बनेको छ । प्रहरीले गतवर्षको बजेटबाट ३० हजार जोर डिएमएस बुट खरिद गर्दा करोडौं घोटला भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेपछि खरिद प्रक्रियासँग जोडिएका अर्याल ब्रदरको होसहवास उड्न थालेको छ । नेपाल प्रहरीले गतवर्षको बजेटबाट ३० हजार जोर डिएमएस बुट खरिद गर्न टेण्डर आह्वान गरेको थियो ।
सो टेण्डर प्रक्रियामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको दबाबमा अनियमित ढंगले आइएमएस नामक कम्पनीलाई जुत्ता खरिदको टेण्डर दिने काम प्रहरी महानीरिक्षक उपेन्द्रकान्त अर्यालबाट भएको थियो ।
बुढानीलकण्ठ, विराट सुज, फुट केयरलगायत कम्पनीले कम मूल्यमा जुत्ता दिन टेण्डर बिड गरेपनि लोकमानसिंह कार्कीको दबाबमा अर्यालले आइएमएस नामक कम्पनीसँग जुत्ता खरिदको टेण्डर स्वीकृति गरेको थियो । प्रतिजोर १९ सय २५ रूपैयाँमा प्रहरी मुख्यालयले आइएमएससँग जुत्ता खरिद गर्ने सहमती भएको थियो । लोकमानसिंह कार्कीको ज्वाइँ नाता पर्ने नेपाल प्रहरीका पूर्व डिएसपी सुरेन्द्रबहादुर सिंहको साझेदारीमा रहेको सो आइएमएस कम्पनीमा नेपाल प्रहरीका पूर्वएआइजीद्वय नवराज ढकाल र एआइजी विज्ञानराज शर्माका भाई दया शर्माको समेत साझेदारी रहेको स्रोतको दाबी छ । यही नाता सम्बन्ध र पहुँचको आधारमा बढी मूल्य राखे पनि आइएमएसलाई डिएमएस बुट खरिदको लागी टेण्डर स्वीकृति गरिएको थियो ।
सो टेण्डर स्वीकृत वर्तमान आईजी प्रकाश अर्यालको तत्कालिन समयको ३५ किलो सुनमा खडा गरिएको सुराकी काण्ड पनि जोडिएको छ । सो कम्पनीलाई टेण्डर दिएवापत प्रकाश अर्यालको मुद्धा मुल्तवीमा राख्ने सहमती गरेको थियो ।
स्रोतका अनुसार आइएमएसले ३० हजार जोर जुत्ता प्रहरी मुख्यालयको भण्डार शाखामा बुझाएको छ । तर नमुना र छनौट प्रक्रियाको प्रावधानअनुसारको जुत्ता नबुझाएपछि भण्डार शाखाले अहिलेसम्म दाखिला गरेको छैन भने त्यो जुत्ता वितरण समेत भएको छैन । प्रहरी कर्मचारीले अहिले आफै खरिद गरेर जुत्ता लगाइरहेका छन् ।
ठेक्का पाउने कम्पनीले सामान बुझाएपछि नमुना र प्रावधानअनुसारको सामान छ–छैन भन्ने कुरा जाँच गर्न एसजिएस पठाउने गर्दछ । एसजिएसको रिपोर्टका आधारमा पास भएको अवस्थामा भण्डार दाखिला गर्ने र नभएका खण्डमा टेण्डर रद्द गरी कम्पनीलाई कालो सूचीमा राख्ने या बैंक जमानत जफत गर्ने जस्ता कार्यहरू गर्नुपर्दछ । तर यी कुनै पनि कार्य प्रकाश अर्यालको निर्देशनमा गरिएको छैन ।
लोकमानसिंह कार्की र पूर्वप्रहरी एवम् भाइको साझेदारी रहेका कारण प्रशासन विभागले पहिलो पटक एसजिएस पठाएको रिपोर्ट फेल भएको आएपछि पनि पुनः दोस्रो पटक अर्को नमूना पठाउने काम गरेको थियो । जब कि यो सुविधा अन्य कुनै कम्पनीलाई प्रहरी मुख्यालयले दिँदैन । दुई पटक परीक्षण गर्दा समेत फेल भएको थियो तर प्रहरी महानीरिक्षक अर्यालको निर्देशनमा घाटा नै सहेर भएपनि आइएमएसको ३० हजार जोर डिएमएस बुट प्रहरी मुख्यालयको भण्डारमा थन्किएको छ । पछिल्लो पटकको एसजिएस रिपोर्ट पास भई आएको खण्डमा पहिले नै भण्डारमा बुझाइसकेको पास नभएको जुत्ता नै आम्दानी बाँध्ने र तत्कालै जिल्ला जिल्लामा वितरण गर्ने तयारी समेत भइरहेको अवस्थामा दोस्रो टेस्ट रिपोर्टसमेत फेल भएको आएपछि प्रहरीको प्रशासन विभागका उच्च अधिकृतहरूलाई समेत तनाव भएको थियो ।
लोकमानसिंह कार्की अयोग्य भई हटिसकेको अवस्थाका कारण पनि अब प्रहरीको गुणस्तर हेर्ने आप्रका तत्कालिन एसएसपी उत्तम कार्कीले चाहेर पनि ती परीक्षण फेल भएका डिएमएस बुटहरू भण्डारमा दाखिला गराउन सक्ने अवस्था थिएन तर त्यतिबेला उपेन्द्रकान्त अर्याल मौन बसिदिए भने अहिलेका आइजीपी प्रकाश अर्यालले त कार्की भण्डारमा दाखिल गराउन निर्देशन नै दिए । त्यसकै परिणाम स्वरूप अहिले कार्कीलाई बढुवामा हाइजम्प गराएर चार नम्बरको डिआइजीमा सिफारिस गरेका हुन् । लोकमानको शक्ति सकिएपछि र गुणस्तर पास नभएको जुत्ता दाखिला गराउन अर्याल सक्रिय भएका हुन् । यो विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपनि प्रकाश अर्यालले सो विषयमा कसैलाई पनि जानकारी नदिन निर्देशन दिइसकेको स्रोतले दावी गरेको छ । उता भण्डार शाखाले ३० हजार डिएमएस बुट फिर्ता लैजान नाटकीय रूपमा आइएमएसलाई पत्र पठाएको भए पनि कम्पनीले सामान लिन गएको छैन । जनप्रहार साप्ताहिकमा खबर छ ।
उसले करिव ७५ प्रतिशत भुक्तानी समेत पाइसकेको अवस्था प्रकाश अर्याललाई पुनः अख्तियारमा मुद्धा लगाइदिन्छु भन्दै धम्क्याएर बसेको छ । कार्की अख्तियारको प्रमुख भएका बखत उनकै सोर्सफोर्सका कारण यो कम्पनीले प्रहरी र सशस्त्र प्रहरीमा धेरै ठेक्कापट्टाहरू गर्दै आएको थियो । तर प्रहरीमा भएको यो ठेक्कामा भने प्रकाश अर्यालको ३५ किलो सुनको कमिशनमा अख्तियार लागेपछि सो मुद्धा मल्तबीमा बसेको थियो भने उपेन्द्रकान्त अर्यालले भने मोटो कमिशन लिएको स्रोतले दावी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्