×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली रुपैयाँसंग अमेरिकी डलर कमजोर बन्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाली रुपैयाँसंग अमेरिकी डलर कमजोर बन्दै

Artha Sarokar

१६ श्रावण २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि १ डलर बराबर १०२ रुपैयाँ ९५ पैसा तोकेको छ । केही साताअघि १ डलर बराबर १०४ रुपैयाँ थियो । भारतीय रुपैयाँ मजवुत भएपछि यसको सकरात्मक प्रभाव नेपाली रुपैयाँमा परेको हो। त्यसैले केही दिनयता नेपाली रुपैयाँसंग अमेरिकी डलर कमजोर भएको छ ।
नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु मजवुत हुन साथ नेपाली रुपैयाँ पनि बलियो हुने गरेको छ । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले सोमबार १ डलर बराबर ६४ भारु तोकेको छ । डलर मजवुत हुदै गएपछि १ डलर बराबर ६९ भारुसम्म पुगेको थियो । गत मंसिरमा डलर मजवुत भएपछि १११ रुपैयाँसम्म पुगेको थियो । पछिल्ला महिनामा निरन्तर डलर कमजोर हुदै गएको छ ।
गत पुससम्म १ डलर बराबर औसत १०६ रुपैयाँ ३५ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ । गत जुनमा पनि १ डलर बराबर १०३ रुपैयाँ १२ पैसा थियो । डलर कमजोर भएपछि आयातित वस्तुको लागत सस्तो हुन गई उपभोक्ता मूल्य घट्छ । यसले गर्दा उपभोक्तालाई फाइदा हुन्छ । गत जेठसम्म उपभोक्ता मूल्यवृद्धि ३ प्रतिशत तल रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यस्तै राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार पनि कम भएको छ । डलर कमजोर भएका कारण गत आर्थिक वर्षमा विभिन्न दातालाई दिने सावाँ र ब्याज फिर्ता १६ अर्ब रुपैयाँ कम भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी