प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी आरजु राणाले राज्य ब्यवस्था समितिको बैठकमा दरबारमार्गमा खुलेको नाइट क्लव ‘क्लव डेजाबु’ बारे प्रश्न उठाएकी छिन् ।
नेपाली कांग्रेसकी सांसद समेत रहेकी राणाले गुण्डा नाइके राम गिरीले सञ्चालन गरेको अत्याधुनिक नाइट क्लव ‘डेजाबु’ बारे प्रश्न गर्दै भनिन्, ‘दरबारमार्गमा एउटा घर हेर्न गएको थिएँ, ट्यांकी जस्तो ठुलो भाग रहेको डेजाबु भन्ने क्लव खुलेको रहेछ, पस्ने र निस्कने साना–साना ढोका मात्र छन्, २५ सयभन्दा बढी मान्छे अट्ने क्लवमा भूकम्प आयो भने त्यहाँका युवायुवती कसरी बाहिर निस्कन्छन् ?’

गृहमन्त्री जनार्दन शर्मा सहभागी बैठकमा प्रश्न गर्दै उनले भनिन्, ‘पानी ट्यांकी जस्तो पनी नाईट क्लव हुन्छ ? राती त्यहाँ छिर्दा मान्छे नै नचिन्ने वातावरण हुँदो रहेछ अनि भूकम्प आउँदा आगलागी हुँदा अथवा झगडा भएमा त्यहाँका युवायुवती कसरी सुरक्षित होलान् ? यस्ता क्लवलाई कसले नियमन गर्छ ?’
बैठकमा आरजुले डेजाबु क्लबबारे प्रश्न उठाएसँगै राज्य ब्यवस्था समितिले त्यस्ता नाइट क्लवहरुबो अध्ययन गरेर प्रतिवेदन पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । वर्षायाम शुरु भएसँगै सरकारले विपद् ब्यवस्थापनबारे गरेको तयारी र बिपद् जोखिम ब्यवस्थापन विधेयक ल्याउनेबारे सरकारको तयारीबारे छलफल गर्न समितिको बैठक बोलाइएको थियो ।
बैठकमा गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले विपद् ब्यवस्थापनका लागि जनस्तरमा ब्युरो गठन गरेर तालिमसहित भोलेन्टियर खटाउने कार्ययोजना गृह मन्त्रालयले बनाएको जानकारी दिए । विपद् ब्यवस्थापन लगायका विधेयक ल्याउने तयारी गरिरहेको र निर्वाचन सम्वन्धि विधेयक आइतबार नै संसदमा पेश गरिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्