
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- शुक्रबार पशुपतिमा बढी नै भीड थियो । जनै लाउन जानेहरुदेखि लगाईदिने पुरोहितसम्म आ-आफ्नै शुरमा थिए । पशुपतिमा यसपाली अलि फरक खालका पुरोहितहरु पनि भेटिए । अशक्त नै भएपनि पशुपतिमा बस्केकादेखि पैसा कमाउनका लागि मात्र पुरोहित बनेका ‘ग्वाँच’हरुसम्म भेटिए ।
सामान्यतया ब्राह्मण जातिले गर्ने काम भएपनि यसपाली पशुपतिमा दलितहरुपनि पुरोहित भएर बसेको देखियो । सानासाना बालकदेखि मुन्द्रा लाएका बयस्कहरुसम्मका पुरोहितहरु भेटिए पशुपतिमा । हेरौं पशुपतिका थरी थरीका पुरोहितहरु :
१. अशक्त पुरोहित : यिनी अशक्त छन् । हिड्न बैसाखीको साहारा लिन्छन् । तर आज थोरै भएपनि पैसा हुने भन्दै उनी पुरोहितको काम गरिरहेका छन् ।

२. अपाङ्ग पुरोहित : यिनीपनि अपाङ्ग छन् । यसो त उनी चलिआएका पुरोहित हुन् ।

३. पूरै विधि मान्ने पुरोहित : पशुपतिमा भेटिएका केहि पुरोहितहरुले पैसाका लागि मात्र काम नगरेको देखियो । पाप लाग्ने भन्दै पूरै विधिमा डोरो बाँधीदिने काम गरे । सामन्यतया: सवै विधि सक्न कम्तीमा ४ मिनेट लाग्छ ।

४. चुरोटे पुरोहित : नियम अनुसार सार्वजनिक स्थानमा धुम्रपान गर्न पाइंदैन । तर केहि चुरोटे पुरोहितहरुलाई नियमभन्दा प्यारो चुरोट छ ।

५. फिक्स्ड प्राइस पुरोहित : केहि पुरोहित तोकेरै पैसा माग्छन् । केहि इक्षाअनुसार दिनु भन्छन् ।

६. लयमा आशिष दिने पुरोहित : केहि पुरोहितहरुले लय लगाएर आशीष दिएको पाइयो । झन्डै ३ मिनेटसम्म यिनीहरुको आशिष दिने काम चलिरह्यो ।

७. महिला पुरोहित : पूराणमा पुरोहितको काम पुरुषले गर्छन् भन्ने उल्लेख छ । तर आजकल धेरै महिला पुरोहितहरु पनि भेटिन थालेका छन् । यसलाई सकारात्मक मान्नेहरु धेरै छन् ।

८. एसीस्टेन्ट पुरोहित : आफ्ना मान्छे पुरोहित बस्दा सहयोगीको भूमिका खेल्नेहरु पनि प्रशस्तै भेटिए ।

९. लक्का जवान पुरोहित : भर्खर सिकेका वा सिकिरहेका लक्का जवान पुरोहितपनि पशुपतिमा प्रसस्तै भेटिएका छन् ।

१०. मुन्द्रे पुरोहित : पशुपतिमा खाइलाग्दो ज्यान भएका, हेर्दै हिरो देखिने मुन्द्रे पुरोहितपनि भेटिए ।

११. दलित पुरोहित : आफुलाई नेपाली थरको बताउने साना बालक पनि पुरोहितका रुपमा देखिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्