काठमडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्यमा भारी गिरावट आएपछि नेपालमा चालू महिनामा मात्र दुई पटक मुल्य घट्यो ।
तर सार्वजनिक सवारीको भाडादर भने घट्नुपर्नेमा उल्टो बढाउन लागिएको छ । यो हेर्दा सरकारी निकाय र बयवसायीको मिलेमतोमै भाडादर बृद्धि तयारी गरिएको हो । नेपाल आयल निगमले असार २ गते पेट्रोल डिजलमा डेढ रुपियाँको दरले घटाएको थियो भने असार १९ गते प्रतिलिटर दुई रुपियाँका दरले घटाएको थियो ।
तर यातायात ब्यवसायीहरु भने सार्वजनिक सवारीको भाडादर बृद्धि गर्ने दबावमा जुटेका छन् । भाडादर समायोजन नभएको चार वर्ष भएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडादर वृद्धि गर्न लागेको हो । आगामी भाडादर समायोजन गरिँदा यातायातको भाडादर स्वतः वृद्धि हुने महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए ।
भाडादर समायोजनको बहानामा यातायात व्यवस्था विभागले पनि भाडादर वृद्धि गर्न व्यवसायीहरूलाई अनौपचारिक ‘ग्रिन सिग्नल’ दिइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्