
बाग्मती अञ्चलका पेट्रोल पम्प सञ्चालकले मंगलबारदेखि तीन दिनसम्म पेट्रोल खरिद नगर्ने आन्दोलन घोषणा गरेका छन् । एक ट्याङ्करमा ९९ लिटरसम्म कम पेट्रोल खरिद गर्नुपरेको भन्दै वाग्मती अञ्चलका पेट्रोल पम्प सञ्चालकहरुले यस विषयमा आफूहरुको माग पूरा नहुँदासम्म पेट्रोल नै नकिन्ने घोषणा गरेका हुन् ।
मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुले पहिलो चरणमा तीन दिनसम्म पेट्रोल नउठाउने आन्दोलन घोषणा गरिएको जानकारी गराएका छन् । ‘साउन २ गतेसम्म सकारात्मक निर्णय कुर्दा पनि सरकार व्यवसायीको मागमा गम्भीर नभएपछि आजै साउन ३ गतेदेखि पहिलो चरणमा ३ दिन पेट्रोल नउठाउने अप्रिय निर्णय गर्न बाध्य भयौं’ वाग्मती पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष अच्युतबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तीन दिनभित्र माग पूरा नभएमा पेट्रोलियम पदार्थको बिक्री ठप्प पार्ने चेतावनी एसोसिएसनले दिएको छ। भारतबाट पेट्रोलियम पदार्थ लिएर काठमाण्डु आइपुग्ने ट्याङ्करमा ९९ लिटरसम्म तेलको परिमाण कम हुने भएकाले यो विषयलाई संबोधन गर्न गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिले एक वर्ष लगाएर प्रतिवेदन बुझाए पनि सरकारले कार्यान्वयन नगरेको पेट्रोलियम डिलरहरुले गुनासो गरेका छन् ।
आफूहरुको समस्याको विषयमा आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराए पनि माग संबोधन नभएकाले आन्दोलनमा उत्रिनुपरेको अध्यक्ष खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साउन २ गते आयल निगम सञ्चालक समितिको बैठकले पुडासैनी संयोजकत्वको समितिको सुझाव कार्यान्वयन नगर्ने निर्णय गर्दै अर्को समिति बनाएकाले आन्दोलन घोषणा गरेको अध्यक्ष खड्काले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्