
आसर ३१ गते दिउँसो तीर परेको मुसलधारे वर्षाका कारण एक बालिकाको ज्यान गयो भने सो घटनाले देशकै ध्यानाकर्षण गरायो, सडकमा आएको भेलले बगाएर काठमाडौंमा एक बालिकाको ज्यान गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सडकको अवस्था र ढल ब्यवस्थापमा भएको हेलचेक्राईले गर्दा यस्ता घटना भएका सुधार गर्ने बारे सरकारका सचिवहरुसँग छलफल गर्ने भएका छन् ।
देशकै राजधानी त्यसमा पनि सबैभन्दा विकसित महानगरमामै अब्यवस्थित ढल, बाटो विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप विछ्याउन महिनौदेखि खनिएका सडकमा भेलले बगाएर नागरिकको ज्यानै गएपछि प्रधानमन्त्री देउवाले सम्बन्धित मन्त्रालयका सचिवसँग आइतबार छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भइरहेको छलफलमा उपत्यका विकास प्राधिकरणका प्रमुख तिवारीसँगै सडक विभाग, केयुकेएल, खानेपानी तथा ढल विभागलगायतका प्रतिनिधि छन् । छलफल उपत्यकाको सडकको समस्या र समग्र पूर्वाधारमा केन्द्रित रहेको छ ।
साथै बैठकमा भौतिक पूर्वाधार तथा यातायात, अर्थ, खानेपानी, उर्जा लगायत मन्त्रालयका सचिवलाई निश्चित समय नै तोकेर त्यो अवधिभित्र काठमाडौ उपत्यकाका सडकमा बनेका खाल्डाखुल्डी पुर्न, सडकमा भेल नआउने बनाउन निर्देशन दिने तयारी गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएकाछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्