काठमाडौँ – आफु प्रधानमन्त्री भएर बिभिन्न कारणले मन्त्रीमण्डल विस्तार गर्न नसकेका प्रधानमन्त्री शेर बहादुर देउवाले अहिले आएर विस्तारको तयारीमा लाग्न थालेका छन् ।माओवादी केन्द्रका अध्यक्ष एबम सत्ता गठबन्धन साझेदार पुष्पकमल दहालसंग सल्लाह गरेर उनी यो तयारीमा जुटेको स्रोतले बताएको छ ।
देउवाले आफ्नो पार्टीका तर्फबाट ९ जना मन्त्रीको नाम पठाउने तयारी भएको बुझिएको छ।यसअघि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित काङ्ग्रेसबाट ३ जना मन्त्री बनिसकेका छन् ।अब भने कांग्रेसबाट अम्बिका बस्नेत, मीन विश्वकर्मा, ललितजंग शाही, भीष्म आड्दाम्बे, बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसी, भीमसेनदास प्रधान, मोहन बस्नेतलगायतको नाम मन्त्रीको सूचीमा रहेको बुझिएको छ ।त्यस्तै दीपक खड्काले पनि दोहोराएर मन्त्री बन्ने इच्छा जनाएका छन् । उनलाई महामन्त्री डा शंशाक कोइरालाको साथ रहेको कांग्रेसभित्र चर्चा छ ।
माओवादी केन्द्रबाट भने महेन्द्रबहादुर शाही, श्यामकुमार श्रेष्ठ, सन्ध्या चौधरी, रामनारायण विडारी, रेखा शर्मा, सीता नेपाली, गिरिराजमणि पोखरेललगायतको नाम अगाडि सारिएको छ । पार्टीले यी नाममध्येबाट मन्त्री बनाउने तयारी गरेको छ ।
प्रधानमन्त्रीले राप्रपालाई ४ वटा र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमलाई ३ मन्त्रालय दिने तयारी गरेका छन् ।त्यस्तै साना दलहरूका तर्फबाट रुक्मिणी चौधरी, कुमार खड्का, प्रेमबहादुर सिंह, गंगा चौधरी, हरिचरण साहलगायतको नाम मन्त्रीका लागि चर्चामा रहेको बताइन्छ ।
तयारीअनुसार नै भयो भने भने प्रधानमन्त्री देउवाले सोमबारभित्र मन्त्रिमण्डल विस्तार गरिसक्ने बुझिएको छ । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्