×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड र सीता दाहालले जुराइदिए मनहरीका लागि दोश्री दुलही… !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रचण्ड र सीता दाहालले जुराइदिए मनहरीका लागि दोश्री दुलही… !

२१ असार २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्रचण्ड निवास लाजिम्पाटको दृश्य हो, अस्ति सोमबारको । एकजना बेहुली थिइन्, अर्का बेहुला । उनीहरु पहिलोचोटि बेहुला–बेहुली बनिरहेका थिएनन् । बरु, नयाँ र कसिलो सम्बन्ध स्थापित गर्न पार्टीका सुप्रिम कमाण्डरकै घरमा जुटेका हुन् । जनवादी परम्पराअनुसार एकापसमा बाँधिएर बिदा भएका हुन् । 
त्यसो त अब प्रचण्डको घरमा विवाह गरिहाल्नुपर्ने कोही सदस्य बाँकी छैनन् । तर, सोमबार दुबैतिरको अभिभावक बन्दै एउटा सम्बन्ध जोडिदिएका छन् । सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकामा हालै उपमेयर जितेकी जानुका पराजुली र प्रचण्डकै सचिवालयमा काम गरेका मनोहरि तिम्सिनाबीच सम्बन्ध बनाइएको थियो, त्यहाँ । 
प्रचण्ड प्रधानमन्त्री छँदै पत्नीको तनावले सचिवालयबाट राजीनामा लेखी केही समय विरक्तिएर हिँडेका उनले पूर्वपत्नीसँग सम्बन्धबिच्छेद गरिसकेका छन् । तत्काल नयाँ सम्बन्ध बनाउने योजना थिएन । तर, विरक्तिएर हिँड्ने मान्छे कहाँ पुगेर कतिबेला कुनै अप्रिय निर्णयमा पुग्ला भन्ने चिन्ता लाजिम्पाटलाई भइरह्यो । 
आफ्ना छोराछोरीको झैँ सचिवालयका मान्छेको चिन्ता गर्ने र सकभर छिटै लगनगाँठो जुराइहाल्ने व्यक्ति हुन्, प्रचण्डपत्नी सीता । उनकै पहलमा कुरा भएको हो, जानुकासँग । जानुका दोलखाका माओवादी नेता विशाल खड्काकी पूर्वपत्नी हुन् । ०६३ मंसिरमा उनीहरुको विवाह भएको थियो । तर, केही वर्षमै छुटे । जानुकाले पाँच वर्षअघि विशालकी दिदी तथा पार्टी नेतृ देवी खड्काले आफूमाथि घरेलु हिंसा गरेको, श्रीमान्बाट छुटाएको उजुरी पार्टी हेडक्वार्टरमा दर्ज गरेकी थिइन् ।
उनीहरुबीच गर्भपतन गराएको विषयमा विवाद भएपछि सम्बन्धमा समस्या आएको बताइन्छ । ०६४ मंसिर २८ गते अखिल क्रान्तिकारीको एक कार्यक्रमका लागि मेलम्ची जाँदा जानुकाको बायाँ कोखामा पीडा भएपछि उपचार गराइन् । चिकित्सकले किड्नीमा पत्थरी भएको र त्यसको उपचारका क्रममा गर्भमा रहेको भ्रुणका कारण खतरा हुने बताएपछि गर्भपतन गराएकी थिइन् । जानुकाका बुबा ध्रुव पराजुली माओवादीका पुराना नेता हुन् ।
प्रचण्डपक्षीय नेता पराजुलीकै जोडबलमा जानुका चौताराको उपमेयर त भइन् । तर, ३०–३२ वर्षकी छोरीको उमेरलाई हेलचेक्य्राईँ गर्दा भविष्यमा केही नराम्रो पर्ला भनी लाजिम्पाटतिर भनसुन चलाइरहेका थिए । यसरी लाजिम्पाटमै सम्बन्ध बसाउनुको कारण हो । आजकलका केटाहरु उति विश्वासिला नहुनु । त्यसमाथि बेलाबेला बहकिएर हिँड्ने मनोहरिलाई छोरी दिनु छ । 
उपमेयर भएर सक्रिय सामाजिक जीवनमा होमिएकी जानुको जीवनमा फेरि कुनै हेलचेक्य्राईँ भयो भने बर्बाद हुन्छ भनेर पार्टीका सुप्रिम कमाण्डरको घरमा, उनकै रोहबरमा मनोहरिलाई जिम्मा लगाइएको बताइन्छ ।जनआस्था साप्ताहिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी