काठमाडौ । नेकपा माओवादी केन्द्रको विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोमाञ्चक भाषण मात्र दिएनन् सवैलाई चकित पार्ने षड्यन्त्रको पनि खुलासा पनि गरे । विस्तारित बैठकको अन्तिम दिन शनिवार प्रचण्डले आफुलाई मार्ने खोज्ने नेताहरु पनि यही भएको बताएपछि सवै चकित परेका थिए ।
‘कुनै समय प्रचण्डले पार्टी बर्वाद पारयो, भन्दै मलाई मार्ने खोज्ने नेताहरु पनि अहिले यही बैठकमा हुनुहुन्छ, पार्टी बर्वाद मैले मात्र पारेको होइन, हामी सवै जिम्मेवार छौ’ विस्तारित बैठकमा प्रचण्डले भावुकरुपमा यस्तो अभिब्यक्ति दिएपछि सवै चकित परेका थिए ।
तर प्रचण्डले कुन नेताले कहिले षड्यन्त्रपूर्वक हत्या गर्न खोजेको हो त्यो भने खुलाएनन् । प्रचण्डले आफुलाई मार्ने षडयन्त्र भएको बताएपछि शिर्ष नेताहरु पनि सशंकित बनेको स्रोतले बताएको छ । पार्टीलाई बरवाद पारेको आरोप लगाउँदै एक माओवादी नेताले उनको हत्या गर्न खोजेको प्रचण्डले बताएका थिए ।
आफुलाई मार्न खोजेको भावुक भाषण दिएलगतै प्रचण्ड फेरी रोमाञ्चक भाषण तिर लागे । चुनाव पार्टीलाई नभई नेता र कार्यकर्ताले हारेको बताए । ‘चुनावमा भोट माग्दा श्रीमतिलाई पनि नमस्कार गर्नु परयो, चुनावी रणकौशल सिक्नु परयो’ प्रचण्डले भने ‘त्यही नगर्दा हामीले स्थानीय तहको निर्वाचन हारेका छौ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्