
- अर्थ सरोकार सम्बाददाता
प्यूठान – जिल्लामा अधिकांश खोटो बिक्रीबाट आएको रकम विद्यालय सञ्चालनमा प्रयोग हुने गरेको छ । जिल्ला वन अधिकृत प्रविण बिडारीले बताए पछिल्लो एक वर्षको अवधिमा जिल्लामा आठ लाख ९२ हजार ५३१ किलो खोटो बिक्रीबाट ८० लाख ४० हजार रुपपैयाँको आम्दानी भएको छ । जिल्लाका विभिन्न १ सय वटा वन समूहले आफ्नो वनबाट सो परिमाणको खोटो संकलन गरी बिक्री गरेका हुन् । प्रतिकिलो खोटो ९ रुपैयाँ देखि १० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ ।
बिडारीले भने वन समूहले खोटो बिक्रीबाट मनग्य आम्दानी गरेपनि उक्त रकम वन क्षेत्रको संरक्षणमा प्रयोग न्यून रुपमा गरेको पाइएको छ । यहाँ संकलन गरीएको खोटो भारत निकासी हुन्छ । जिल्लामा हाल गणपति रोजिन, खनाल रोजिन, दीपमाला रोजिन, बुढाथोकी रोजिन र माउन्ट रोजिनले खोटो संकलन गर्दैआएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्