दाङ तुलसीपुरका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको फिरौती (पैसा) का लागि अपहरण गरी हत्या भएको पाइएको छ । जेठ २६ गते बेलुका युवती प्रयोग भई पैसा असुल्न अपहरणकारीले अपहरण गरेको र अपहरणमा आपराधिक गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ ।
अपहरण तथा हत्यामा १० जना प्रत्यक्ष र ८ जना अप्रत्यक्ष रूपमा संलग्न रहेको प्रहरीले बताएको छ । संलग्न सबै आपराधिक गतिविधिका रहेका र घटनाका योजनाकार भारतमा रहेको प्रहरी अनुसन्धानमा खुलेको राप्ती अञ्चल प्रहरी प्रमुख ज्ञानविक्रम शाहले जानकारी दिए ।
उनले मुख्य योजनाकार चार जना भारतमा रहेको बताए । प्रहरीको क्रियाशीलता र अनुसन्धानले घटना विवरण पत्ता लगाएको र संलग्न कास्की, धादिङमा समेत रहेको प्रहरीले बताएको छ । अनुसन्धानमा सबै कुरा पत्ता लागे पनि २९ गते नै श्रेष्ठको हत्या गरेकाले बचाउन नसकिएको उनले बताए । ‘तीन दिन जंगलमा केही खाना नदिएर हिँडाएको र हिँड्न नसकेपछि श्रेष्ठको हत्या गरी खोल्सामा लुकाएको पायौ’, शाहले भने, ‘बीभत्स तरिकाले हत्या गरी भारत गई योजनाकारले फिरौती मागेका छन् ।’ श्रेष्ठको परिवारसँग भारतीय नम्बरबाट फोन गरी तीन करोड रुपैयाँ फिरौती मागिएको रहेछु, प्रमुख शाहले भने, ‘घरबाट श्रेष्ठसँग दोहोरो कुरा गर्ने भने पनि अपहरणकारी पछि सम्पर्कमा आएनन् ।’
अपहरणकारीले श्रेष्ठलाई अपहरण गरेको तीन दिनमै मारिसकेका रहेछन् अनुसन्धानमा खटिएका सिआइबीका एसपी दिवस लोहनीले भने, ‘घटनामा संलग्न एक जनाको सहयोगमा हत्या भएको ठाउँसम्म पुगेर शव भेटेका हौं ’ प्रहरीलाई अविराल महतराले घटनास्थल पुर्याएका थिए । श्रेष्ठ हत्याकाण्डमा संलग्नको दाङ प्रहरीले पहिचान गरेको र केहीलाई पक्राउ गरी सार्वजनिक गरको छ । प्रहरीले अपहरण र हत्यामा संलग्न भएको भन्दै चार जनालाई सार्वजनिक गरेको हो ।
मुख्य योजनाकार नजिक पुगेको प्रहरीले बताएको छ । प्रहरीले रोल्पा जमकोटका मनबहादुर पुन ९रमेश०, दाङ पवननगरका रुगत थापामगर, तुलसीपुर १२ का अभिरल महतरा र घोराहीकी जुमा पुनलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले घटनाको मुख्य योजनाकार तुलसीपुर ६ की १७ वर्षकी पूजा घर्ती, तुलसीपुर १२ का मानबहादुर भण्डारी, निर्मल भनिने टीकाराम घर्ती रहेको दाबी गरेको छ । छुट्टै गिरोह पनि हुन सक्ने भन्दै अनुसन्धानलाई निरन्तर राखिएको प्रहरीले बताएको छ । श्रेष्ठलाई अपहरणमा योजनाकारमध्येकै पूजा घर्ती प्रयोग भएको एसपी लोहनीले बताए ।
पक्राउ परेका अपहरणमा संलग्न व्यक्तिको बयानका आधारमा शुक्रबार प्रहरीले सल्यान भिम्पेको झिम्पेरेन्ज जंगलको ओडारमा लुकाएर राखेको अवस्थामा शव फेला पारेको थियो । उनीसँगै अपहरणमा परेका भनिएका रणबहादुर घर्ती २८ गते नै अपहरणमुक्त भए पनि अहिलेसम्म सार्वजनिक नभएकाले उनीबारे पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
काठमाडौं टुडेमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्