Skip to content
LAXMI SUNRISE BANK

‘आफ्नै दुकान, आफ्नै मर्जीले बन्द गर्‍या जस्तो पो गर्नुभो त महोदय ! अर्काको सम्पत्तीलाई बन्धक बनाउनु डकैती नभए के त ?’

अर्थ सरोकार

  • रोहन शर्मा 
साधारणतया “दलाल” शब्दलाई एकदमै नकारात्मक दृष्टिकोण हेरिने गरिएता पनि “सेयर दलाल” शब्दलाई चाँही समाजमा सम्मानजनक हिसाबले हेरिन्छ। यसका कारणहरुमा सेयर बजारमा उनिहरुको योगदान, ब्रोकर लाईसेन्सको भ्यालुका साथै ब्रोकरको योग्यता, क्षमता जस्ता कुराहरु रहेका छन् ।
सबैले मान्नै पर्ने एउटा महत्वपुर्ण र ध्रुबसत्य कुरा चाहिं उनिहरुलाई कसैले दया गरेर ब्रोकर लाईसेन्स दिएको हैन, न कि सोर्स फोर्स र पैसा पेलेर ब्रोकर अनुमती लिएका हुन्! खुल्ला प्रतिश्पर्धाबाट जितेर उनिहरुले ब्रोकर लाईसेन्स पाएका हुन्। यसो भन्दैमा बजारलाईनै कब्जा गर्न खोज्ने मनस्थिती भने उनिहरुको उँधो गतीको दरिलो भर्‍याङ साबित भएको छ अहिले आएर। जुन पुँजी बजारको अन्तराष्ट्रीय नियम बिपरित रहेको छ। जुन कुरा भोलीका दिनमा उनिहरुले मनन गर्नेनै छन्।
हाल बजारमा कार्यरत ब्रोकरहरु धेरै भन्दा धेरै स्नातकोत्तर अध्यान गरेका छन्,लेक्चरर प्रोफेसरको रुपमा बिभिन्न शैक्षिक सँस्थामा आवद्द रहेका छन् , कम्तिमा पनि स्नातक पास गरेका बौद्दिक बर्गको उपाधी पाएका यिनै ब्रोकरले हिजो भने सेयर बजारको ईतिहासमा कालो अक्षरले लेखिएको एउटा पानानै दर्ता गरे!
हिजो बिहीबार एकपक्षिय रुपमा करको बिषयलाई लिएर ब्रोकरहरुद्वारा अनिश्चितकालिन बजार बन्दको घोषणा गरियो। यस बिषयमा ब्रोकर तथा ब्रोकरसँघको भनाई यस्तो आयो:
☆ करको बिवादले गर्दा कसरी लगाउने भनेर अन्नेउल भएको साथै नितिगत अस्पष्टका कारण कारण बजार बन्द गर्नु पर्‍यो। यस बिषयमा सफ्ट्वेर मै समश्या छ ।
☆ करको बिषयमा निर्णय नभएसम्म बजार खुल्दैन।
“सेयर कारोबारमा भ्याट लगाउने बिषय कुनै नौलो र अहिले मात्र आएको बिषय हैन ।२०६९ साल मै आन्तरिक राजस्वले यो बिषया मा सबै ब्रोकर लाई पत्राचार गरेको थियो, जुन पत्र अहिलेपनि यहाँहरुको फाईलमै होला। खै त यो बिषयलाई यहाँहरुले किनारा लगाउने बारेमामा किन सोच्नुभएन? कुनै अवरोध बिनै ५ बर्ष मज्जाले कारोबार गर्दै आउनु भयो । अनि अहिलेचै किन कारोबारनै रोक्नुभो?
☆आफ्नै दुकान आफ्नै मर्जीले बन्द गर्‍या जस्तो पो गर्नुभो त महोदय! अर्काको सम्पत्तीलाई बन्धक बनाउनु डकैती नभए के त ?
११ बजे नेप्सेको साईट खोलेर हेर्दा EIC को कारोबार खुल्ला भयो भन्ने सुचना देखियो । मार्केट ओपन भनेर देखाईएको थियो। खै त EIC न किन्न मिल्यो न त बेच्न नै मिल्यो! कारोबार नहुँदा के कती कारणले गर्दा कारोबार नभएको हो भन्ने बारेमा एउटा सुचनासम्म हाल्न भ्याएन नेप्सेले। के यो गैर जिम्मेवारीपनाको पराकाष्टा हैन ?
धितोपत्र बोर्डको सम्बन्धमा चाहिं ब्रोकरलाई आन्तरिक राजस्व कार्यलय देखाउने अनि लगानिकर्तालाई नेप्से देखाएर निकै हल्का बिज्ञप्तीका साथ आफु पन्छने काम भयो। नेप्सेले पनि त्यस्तै गरी बिज्ञप्ती जारी गरी बोर्ड तर्फ औंला देखाउने काम गर्‍यो। बास्ताबमा नियामक चाहिं को रैछ हाम्रो सेयर बजार को ? नेप्से कि धितोपत्र बोर्ड ? दुबैले एकले अर्काको थाप्लामा दोष थोपर्ने काम बाहेक केहि गरेनन्।
ब्रोकर सिण्डिकेटको बिरुद्धमा लगानिकर्ता साथिहरु लगायत लगानिकर्ता पक्षधर बास्तबिक लगानिकर्ता सँघको भने बलियो उपस्थिती देखियो । आफुले आफुलाई दर्तावाला र पुरानो लगानिकर्ता सँघ भनेर लगानिकर्ताको नाम बेच्ने एउटा सँस्था चाहिं कुन दुलामा छ त्यसको पत्तो कसैले पाएन। दुलाबाट निस्केला कुनैदिन आफु अनुकुल माहौल बनेपछी ।
राज्यलाई बुझाउनुपर्ने करको सम्बन्धमा प्रष्ट निती र नियम रहेको हुन्छ । हामिले सेयर कारोबारमा भ्याट लगाउन हुन्न भनेर लगाउन नपर्ने पनि हैन , लगाउनु पर्छ भन्दैमा लगाउन पर्ने पनि हैन । नियमले जे भन्छ त्यही लागु हुने हो। तसर्थ यो बिषयलाई निती नियममा टेक्दै आपसी छलफलबाट टुङाउनुको बिकल्प छैन।
जतीनै हड्ताल गरेपनि ढिलो चाँढो त बजार खुल्नुको बिकल्प छैन । हिजोको दिनको नकारात्मक असर अब बजार खुलेपछी देखिनेनै छ । अहिलेको समय भनेको लगानिकर्ताको लागी सेयर बेचेर ऋण तिर्ने , कर भुक्तानी गर्ने समय हो। लगानिकर्ता बजार पस्ने मौका हेरिरहेको अवस्था पनि थियो। एक दिनको बन्दले कस्लाई कस्तो असर पर्छ भनेर गहिरिएर सोचौं त।
सबैभन्दा ठुलो कुरात तपाई ब्रोकरहरुको यस्तो हर्कतको कारण धेरै हदसम्म बजारको बिश्वसनियतामा प्रश्न चिन्ह खडा भएको छ। भोलीको दिनमा यसको जिम्मेवार सेयर ब्रोकरनै हुनेछन्। काम गर्न नसक्ने भए कम्पनी बन्द गर्नको लागी निवेदन दिनुहोस्। १५ लाख बढी लगानिकर्ता र १८ खर्बको बजारलाई बन्दी बनाउने गलत प्रयास अबका दिनमा नगर्नुहोला। यहाँहरुलाई यसको मुल्य निकै भारी पर्नेछ । अनि नियामक लगायत सरोकारवालालाई पनि समयमै आफ्नो कर्तब्यबोध होस्। 
जय सेयर बजार , जय लगानीकर्ता!
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK