×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ह्या सभामुख महोदय, यस्तो त हुँदै गर्छ नी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ह्या सभामुख महोदय, यस्तो त हुँदै गर्छ नी !

३० असार २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विहीबार ब्यवस्थापिका संसदमा दोहोरो सुविधा लिने मुख्य सचिव सोमलाल सुवेदी र सरकारको चर्काे आलोचना भयो । मुख्य सचिवबाट राजीनामा नै नदिई एडीबीको जागिरे हुन पुगेपछि मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सुवेदीलाई दलालको संज्ञा समेत दिए ।
सांसदहरुले चर्काे विरोध गरेपछि सभामुख ओनसरी घर्तिले सरकारको ध्यानआकर्षण गराउन ब्यवस्थापिका संसदको प्रधानमन्त्री कक्षमा पुगिन । संसद सकिएलगतै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी सभामुख घर्तिले भनिन् मान्यज्यूहरुबाट विरोध भयो, मुख्य सचिवलाई राजीनामा गराउनु परयो ।
सभामुखको ध्यानआकर्षणमा प्रधानमन्त्री देउवा हाँसे । उनले हल्लाका पारामा जवाफ दिए, ह्या सभामुख महोदय, यस्तो त हुँदै गर्छ, सवै कुराको पछि लागेर कहाँ साध्य हुन्छ । अब नयाँ मुख्य सचिव आइसक्नु भएको छ, यो सवै कुरा मत्थर भइहाल्छ ।
त्यसपछि सभामुखले राजीनामा नगराउँदा देशको इज्जत जाने हुने बताएन । दोहोरो सुविधा लिने र देशको इज्जत जाने काम रोक्दा राम्रो हुने बताइन । तर प्रधानमन्त्री देउवाले त्यसलाई ठुलो चासोको रुपमा लिएनन् । प्रधानमन्त्रीले चासो नदिएपछि सभामुख बाहिरिइन । – एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी