
एजेन्सी । साउदी अरब र अरु तीन अरबी मुलुकले कतारविरुद्धको प्रतिबन्ध हटाउन राखेको शर्त पूरा गर्ने समय थप ४८ घण्टा बढाएका छन् ।
कतारले आतंकवादीलाई सहयोग गरेको, कतारी सरकारको लगानी रहेको अल जजिरा टेलिभिजन बन्द गर्नुपर्ने, इरानसँगको दूरी बढाउनुपर्ने, कतारमा रहेको टर्किस सेनाको अखडा बन्द गर्नुपर्ने उनीहरुको माग छ ।
माग पूरा नभए थप नाकाबन्दी सामना गर्न तयार रहन पनि उनीहरुले कतारलाई चेतावनी दिएका छन् । कतारले भने आरोपलाई अस्वीकार गर्दै आएको छ ।
कतारविरुद्ध नाकाबन्दीमा उत्रिएका मुलुकका विदेशमन्त्रीहरुले कतार गएर यस विषयको औपचारिक पत्र बुझाउने बताएका छन् । कतारका विदेशमन्त्री शेख मोहम्मद विनले १३ बुँदे सर्त अस्वीकार गर्दैै वार्तामा बस्न भने तयार रहेको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्