×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुर्ता सलवारमा ५०० प्रतिशतसम्म नाफा, ३००० होलसेल मूल्य पर्ने साडी २८००० सम्ममा विक्री !

  • रेखा ग्वायमरु / अर्थ सरोकार डटकम 
काठमाडौँ – साउन लागेदेखिनै काठमाडौँ लगायतका देशका विभिन्न प्रमुख शहरहरुमा साडी, कुर्ता लगायतका कपडाहरु व्यापार ह्वात्तै बढेको छ । त्यसमाथिपनि हरियो साडी र रातो कुर्ताको व्यापार यतिबेला अचाक्ली छ । साउनको मौसमलाई छोपेर मनग्य कमाउने उदेश्यका साथ काठमाडौँ लगायतका प्रमुख शहरहरुमा साडी, कुर्ता लगायतका कपडाहरुको व्यापार गर्नेहरुलाई भ्याई नभ्याई छ । तर सम्बन्धित निकायको ध्यान नजाँदा साउनका नाममा कालोबजारी मौलाएको छ । साडी र कुर्तामा ५०० प्रतिशतसम्म नाफा खाएर व्यापारीहरुले ‘लुट’ मच्चाईरहेका छन् भने धर्म र संस्कृतिका नाममा जनतालाई महंगीको मारमा डुबाएर कमाउने धम्दामा व्यापारीहरु लागेका छन् ।

साडी र कुर्तामा ५०० प्रतिशतभन्दा बढी नाफा !
काठमाडौँको न्यूरोड, महाबौध लगायतका ठाउँहरुमा साडी र कुर्ताको अचाक्ली व्यापार हुन्छ । तर यी पसलहरुमा व्यापारीले चर्को नाफाको ‘मार्जिन’ राख्ने गरेका छन् । ‘१००० रुपैयाँमा होलसेलमा किनेको साडी १४००० सम्ममा पनि विक्री हुन्छ । ६०० रुपैयाँमा किनेको कुर्ता झन्डै ३५००मा विक्री हुन्छ ।’ न्यूरोडमा साडी पसल संचालन गर्ने एक व्यापारीले अर्थ सरोकार डटकमसँग भने । उनका अनुसार साडी बेच्ने कतिपय ‘स्ट्याण्डर्ड’ भनिएका ठाउँहरुमा त एउटा साडी बेच्दा १००० प्रतिशत सम्म नाफा हुन्छ । ‘ निकै भीआइपी शैलीको साडी पसल खोलेको मेरो साथीले ३००० मा होलसेलमा किनेको साडी २८००० मा बेचेको मलाई थाहा छ । साउनको सोमबार, तीज, विवाहको मौसम लगायतका बेलामा साडीको यस्तो अचाक्ली व्यापार हुने गरेको छ ।’ उनले भने । उनका अनुसार कुर्तामा पनि नाफाको मार्जिन निकै बढी हुन्छ । ६०० पर्ने कुर्ताको कपडा ४६०० सम्म बेच्ने गरेको उनको भनाइ छ ।
व्यापारीका कुरा, ‘सस्तो भनेपछि राम्रो छैन भन्ने भ्रम छ ग्राहकहरुसँग !’
यसो त खरिद गर्ने ग्राहकहरुले पनि सस्तो भनेपछि समान नै नकिन्ने, र गुणस्तर नभएको सोच्ने व्यापारीहरुको गुनासो छ । ‘सस्तो समान त देखाऊनै हुँदैन । ‘क्वालीटीको छैन’ भनेर ग्राहकहरुलेनै भन्छन् । महँगो समान किन्ने बानी बस्न थालेको छ नेपाली महिलाहरुको । जसको कारण व्यापारीहरुलाई फाइदा हुने गरेको छ । त्यहि साडीको १० हजार भन्यो भने ‘अर्को हेरौं’ भन्छन् ग्राहक अनि त्यहि साडीलाई २५००० भन्यो भने ‘मिलाएर दिनुहोस् न यो लैजान्छु’ भन्छन् ग्राहक ! यहाँ त जसले जति बार्गेन गर्न खोज्यो, उसैलाई फाइदा हो । तर महँगो नै समान हेर्ने प्रवृति धेरैसँग छ ।’ उनले भने ।
कानुनमा के छ ?
प्रचलित कालोबजारी ऐन अनुसार कुनैपनि समानमा अधिकतम २० प्रतिशतभन्दा बढी नाफा खानु गैरकानुनी हो । यसो त कपडा पसलमा मात्र होइन नेपालमा यो धेरै क्षेत्रमा लागु भएको खासै देखिंदैन । २० प्रतिशत भन्दा बढी नाफा खाएर लत्ता कपडा वा अन्य लुगा बेच्नु कालोबजारीका रुपमा लिने गरिन्छ । तर २० प्रतिशत त कुरै छाडौं काठमाडौँमा ५०० प्रतिशतसम्म नाफा खाएर व्यापारीले साडी कुर्ता बेच्दापनि कुनैपनि निकायले उसलाई छुन सकेको छैन । अर्कोतर्फ दर्ता नै नगरी व्यापार गर्नेहरुपनि छन् । अझ काठमाडौँको हकमा त धेरै कपडा व्यापारीहरुले दर्तानै नगरी व्यापार संचालन गरिरहेका छन् । कालोबजारी हुँदापनि कसैले कुनै ध्यान नदिएपछि अहिले साउनको मौका पारेर साडी र कुर्ता बेचेरै करोडपति बन्नेहरुपनि काठमाडौँमा छन् ।

यो पनि पढ्नुहोस् :
होसियार ! ब्युटी पार्लरदेखि सडकका पेटीहरुमा मेहेन्दीको प्याकेटमा बिष बेचिंदैछ, यस्तो छ डाक्टरको सुझाव

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: