
निजी प्राबिधिक सिक्षालय महासंघ नेपालको सातौं महाधिवेशन सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न महाधिवेशनले पुनः शैलेन्द्र मोहन झाकै अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । झाले यसअघि पनि महासंघको नेतृत्व गरिसकेका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा बसन्त खनाल उपाध्यक्षहरुमा भगवान झा, उपेन्द्रकुमार सिंह, राम प्रसाद पौडेल, नीलकण्ठ काफ्ले, अरुण पाण्डे र धर्मराज गिठी रहेका छन् ।
महासंघ नेपालको महासचिवमा दुर्गा प्रसाद भुसाल तथा सचिवमा भुवनचक्र जोशी चयन भएका छन् भने कोषाध्यक्षमा भैरव बहादुर बोहरा, सहकोषाध्यक्षमा सिन्दु मल्ल, सदस्यहरुमा रमेश कुमार थापा, दुर्लव थापा, डा श्याम साह, मालती बस्नेत, प्रमोद यादव, डा पुरन बज्राचार्य, सिपि शर्मा, गंगा शर्मा र लक्ष्मी अधिकारी चयन भएका छन् ।

यस्तै अर्थ सरोकार डटकमसँग कुरा गर्दै नव निर्वाचित अध्यक्ष झाले सिटीइभिटिमा भएका बिकृतिहरुलाई चिरफार गर्दै निजि सरोकारवालाहरुको पुजी सुरक्षित गर्न सधै अगाडी बढ्ने बताएका छन् । राज्यले अवलम्बन गरेका शैक्षिक निमावालिहरुलाई मध्यनजर गर्दै सिटिइभिटिले टिएसएसलसी (TSLC) विद्यालयहरुप्रति देखाएको व्यवहार सकारात्मक नभएको उनको भनाई छ ।
‘सिटिइभिटिले टिएसएसलसी विद्यालयहरूलार्इ जुन व्यवहार गरेकाे छ त्यसलाई चिरफार गर्दै उसले आफु खुसि लाद्न खोजेको निर्णयहरुप्रति पनि हाम्रो असहमति छ ।’ अध्यक्ष झाले अर्थ सरोकार डटकमसँग भने – ‘ यस्ता निर्णयबिरुद्ध जुनसुकै संघर्ष गर्न हामी तयार छौं र सम्पुर्ण विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न हाम्राे टीमको अहम भूमिका रहने छ। त्यसका लागी हाम्राे टीम सक्षम पनि छ।’

निजी प्राबिधिक सिक्षालय महासंघमा सिटीइभीटि अन्तर्गतका करीब ४ सयबढी टिएसएसलसी (TSLC) कलेजहरु आबद्ध रहेको नबनिर्वाचित सचित भुवनचक्र जोशीले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्