एजेन्सी । चीनको पिपल्स लिबरेसन आर्मी (पिएलए) ले भारतको सिक्किममा जारी तनावले सशस्त्र युद्धको रुप लिए भारतीय सेना आफूहरुसामु टिक्न नसक्ने बताइएको छ । आफ्नो वेभसाइटमा प्रकाशित एक लेखमा चिनियाँ सेनाले यस्तो बताएको हो ।
सैन्य विश्लेषक वाङ देहुवाले सन् १९६७ मा भएको युद्धको स्मरण गराउँदै सो कुरा बताएका हुन् । ‘भारतीय पक्ष पहिला पनि हावी हुन सकेको थिएन । र, अहिले पनि उसले लाभको अवसर पाउने छैन किनभने चिनियाँ सैनिकले पछिल्लो केही दशकमा उल्लेख्य प्रगति गरेको छ,’ उनले लेखेका छन् । लेखमा उनले भारतीय सैनिक अवैद्यरुपमा चीनको डोङलाङ क्षेत्रमा प्रवेश गरेको कुार दोहोर्याएका छन् ।
यता भारतका लागि चिनियाँ राजदूत लुओ जाओहुईले सिक्किममा रहेको भारत र चीनको सीमामा जारी सैन्य तनावमा चीनले सम्झौता नगर्ने स्पष्ट पार्दै यो ‘गम्भीर’ अवस्था समाधान गर्ने जिम्मा अब नयाँ दिल्लीको रहेको बताएका छन् ।
मंगलबार जारी तनावबारे प्रतिक्रिया दिँदै ‘बल नयाँ दिल्लीको कोर्टमा रहेको’ बताउँदै अब जारी तनावबारे कस्तो विकल्प रोज्ने जिम्मा भारत सरकारको भएको बताएका हुन् ।
यो तनावले युद्धको अवस्था पनि आउन सक्ने भन्दै चिनियाँ मिडिया र थिंक ट्यांकहरुले दिइरहेको प्रतिक्रियाबारे प्रश्न गर्दा राजदूतले भने, ‘यो र त्यो विकल्पहरुबारे कुराहरु भएका छन् । अब यो भारत सरकारको नीतिको कुरा भयो (सैन्य विकल्प लिने वा नलिने) ।’
उनले चिनियाँ सरकार जारी तनाव शान्तिपूर्ण ढंगबाट समाधान गर्न प्रष्ट रहेको तर यसका लागि भारतीय सेना उक्त क्षेत्रबाट हट्नु आफूहरुको पूर्व शर्त रहेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्