
- अर्थ सरोकार सम्वाददाता
काठमाडौँ – सोमबार सडक, यातायात, उपभोक्ता लगायत सरोकारवालाई बोलाएर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले सडक र ट्राफिक सुधारको लागि काम गर्न आग्रह गरेका छन्। काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई तत्काल सडकको खाल्डाखुल्डी पुर्न र सडक बत्ती बाल्नको लागि समेत उनले आग्रह गरेका हुन् ।
एसएपी खनालले भने, ‘खाल्डाखुल्डीका कारण सडकमा ट्राफिक प्रहरीलाई काम गर्न गाह्रो भएको छ। बाँच्ने व्यवस्थासम्म गर्नेको लागि तत्काल पुर्ने व्यवस्था गर्नुहोला। उनले राजधानीको सडक व्यवस्था मिलाउन अब कुरेर बस्ने समय नभएको बताए । सडक विभाग र महानगरका प्रमुखसँग खनालले आग्रह गरे, ‘म पटक-पटक हात जोडेर खाल्डा पुर्नुहोस् भन्दै आउनु नपरोस् ।’
सुन्दर र सफा सहर बनाउन सडक र बत्ती आवश्यक भएकाले तत्काल काम गर्न मेयर शाक्यसँग आग्रह गरे। खनालले भने, ‘सडक बत्ती बाल्न तपाईँ सक्नुहुन्न भने मसँग मान्छे छन्, म काम अगाडि बढाउँछु।’उनले सबैमा उठोट भए राजधानीको ट्राफिक र सडक समस्या तत्काल समधान हुने बताए। सडकमा ट्रिपर व्यवसायीको मनोमानी चलेको र दुर्घटनासमेत बढेको गुनासो आएकाले अब जथाभावी सवारी नचलाउन एसएसपी खनालले ट्रिपर चालक र संचालकलाई आग्रह गरेका छन् ।
केही ट्रिपर चालक गुन्डागर्दी गर्नेले संचालन गरेकोले अब दादागिरी नचल्ने उनले बताए। उनले भने, ‘केही गुन्डाले डाँडापाखा लिने अनि ट्रिपर संचालन गर्ने गरेको पाइएको छ। त्यस्ताको लगत मसँग छ। तिनका सातो लिने मात्र होइन, व्यवसाय नै बन्द गराइदिन्छु।’ खनालले अब ट्राफिक प्रहरीले सडकमा चालक र यात्रुलाई अनावश्यक दुःख नदिने पनि दावी गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्