काठमाडौं- पूँजी बजारलाई बल्ल ‘साउन’ लागेको छ । मंगलबार कारोबार रकम र नेप्से दुवैमा भारी वृद्धि हुँदा नेप्सेमा हरियाली छाएको हो । मंगलबार नेप्से सूचक ३४.२६ अंकले बढेर १६३८.४१ विन्दुमा आइपुगेको छ । समग्रमा बजार २.१४ प्रतिशतले माथितिर लागेको छ भने सूचकसँगै कारोबार रकममा पनि भारी बढोत्तरी भएको छ । आजको कारोबार १ अर्बभन्दा माथि छ ।