
भन्नलाई स्टुडेन्ट लाइफ इज गोल्डेन लाइफ भनिन्छ। एसईई उत्तिर्ण गरिपछि धेरै विद्यार्थीको चाहना स्वतन्त्रतामा रमाउने हुन्छ। कक्षा ११ र १२ को अध्ययन समयलाई कलेज लाइफ भन्ने गरिन्छ। तर अब विद्यार्थीलाई स्वतन्त्रताका लागि सरकारले बन्देज लगाउने तयारी गरेको खबर आजको कान्तिपुर साप्ताहिकमा युवराज गौतमले लेखेका छन्।
हाल मन्त्रिपरिषदमा छलफलका लागि प्रस्तुत गरिएको प्रचलित शिक्षा ऐनको आठौं संशोधनले यस्तो बन्देज को व्यवस्था गर्न लागेको हो।
उक्त संशोधित ऐन र नियमावली जारी भएपछि हरेक +२ ले अनिवार्य रूपमा आचारसंहिता लागू गर्नैपर्छ।
नयाँ नियमावलीमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीका लागि मोबाइल र बाइकमा बन्देज लागइएको छ। त्यसबाहेक कलेज ड्रेसमा बाइक चलाउन पनि रोक लगाइएको छ। नियम पालना नगरे ५ हजार जरिवाना र जफतसम्मको व्यवस्था हुनेछ। आइपड र ल्यापटप विद्यालयको स्वीकृति लिएर मात्र चलाउन पाइन्छ।
यस्तै छात्राहरूका लागि छोटा स्कर्ट लगाउनेलाई पनि कारबाही हुनेछ। स्कर्ट लगाउँदा घुँडाभन्दा कम्तिमा दुई इन्च तल हुनुपर्नेछ। यसको उल्लंघन गरे कलेजबाट निस्कासन गरिनेछ।
यस्तै विद्यालय पोसाकमा कुनै नपि सिनेमा हल, पार्क, सपिङ मल, होटल आदि स्थानमा गएको पाइए सरोकारवालाले प्रहरीलाई जिम्मा लगाइ कारबाही गर्ने व्यवस्था छ। यस्तै कलेज बंक गरे २ हजार रूपैयाँदेखि बोर्ड परीक्षासमेत दिन नपाउने गरी निष्कासन गरिनेछ।
चुज पाइन्ट लगाउन पाइनेछैन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्