
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – ट्रेकिङ्ग एजेन्सी एसोसिएसन अफ नेपाल (टान) भित्र विवाद चर्किएको छ । कोषाध्यक्षले काम नै गर्न नदिएको, टानमा समयनै नदिएको र टानले गर्ने हरेक खालका कार्यक्रमहरुमा ‘भाँजो’ हाल्ने, ‘झारा टार्ने’ लगायतका काम गरेपछि कोषाध्यक्षलाई बाइपास गर्दै साधारणसभाले पारित गरेको निर्णय अनुसार अगाडी बढ्दा कोषाध्यक्षले बखेडा झिकेका छन् । साधारणसभाबाटनै कोषाध्यक्षको अनुपस्थितिमा सहकोषाध्यक्षको सहमतिमा बैंकमा खाता खोल्न सकिने नियम बहुमतले पारित भएपछि कोषाध्यक्षले बखेडा झिकेको टानका अध्यक्ष लगायत अधिकांस पधाधिकारीहरुको भनाइ छ । यता टानका कोषाध्यक्ष लिलाबल्लभ दाहाल भने आफुलाई बाइपास गरिएको भन्दै विवाद निकालीरहेका छन् ।
भएको के हो ?
कोषाध्यक्षले समय नदिएको भन्दै टानको विधान संसोधन गरिएको थियो । टानले विभिन्न खालका कार्यक्रमहरु गर्नु पर्ने थियो । चुनावको बेला निकै अग्रेसिभ काम गर्ने भन्दै अध्यक्ष चन्द्र रिजाल जुर्मुरिएका थिए । एमाले समर्थित रिजाल अध्यक्षमा चुनिएपछी पहिलो दिनदेखि नै कांग्रेस समर्थित कोषाध्यक्षले उनलाई असहयोग गर्ने वातावरण बनाउंदै आएका थिए । उनले केहि पनि काम गर्न नदिएको भन्दै गत डिसेम्बरमा सम्पन्न ३८ औ वार्षिक साधारणसभाबाट कोषाध्यक्षको सहमतिबिना खाता खोल्न नपाइने व्यवस्था रहेकोमा त्यसलाई संशोधन गर्दै सहकोषाध्यक्षको संलग्नतामा पनि खाता खोल्न सकिने भनेर व्यवस्था गरिएको थियो । त्यतिबेला कुनै विवाद नै निकालिएको थिएन । त्यसबेला कार्यसमितिबाट निर्णय भएर साधारण सभामा उक्त एजेन्डा जाँदापनि कुनै विवाद भएको थिएन । यसमा कोषाध्यक्षको नोट अफ डिसेन्टसमेत आएको थिएन । उक्त एजेन्डा साधारण सभाबाट पारित भयो । जहिलेपनि राजनीतिक कार्यक्रममा मात्र व्यस्त हुने र टानमा समय नै नदिने गरेको भन्दै यो नियम साधारण सभाबाट पास गरिएको थियो । नियम पास भएपछि अध्यक्ष चन्द्र रिजाल, महासचिव कर्ण लामा र सहकोषाध्यक्ष कृष्णमान श्रेष्ठ मिलेर सनराइज बैंकमा खाता खोलिएको छ । तर यहि कुरालाई लिएर टानको पैसामाथि मनोमानी भएको भन्दै कोषाध्यक्षले उक्त नियम गलत भएको, फर्जी हस्ताक्षर गरेको लगायतका कुराहरु झिकेर अहिले विवाद निकालिरहेका छन् । यस कदम विरुद्ध उनी अहिले अदालत जाने तयारी गरिरहेका छन् । यसलाई कोषाध्यक्षको बखेडाभन्दापनि टानको अर्को चुनावका लागि कोषाध्यक्षको तयारी भन्नेहरु पनि छन् ।
के भन्छन् अश्यक्ष चन्द्र रिजाल ?
‘कोषाध्यक्षले टानमा समय नै दिनुभएन । कार्यकाल सुरु भएदेखि नै कांग्रेसभित्र विभिन्न निर्वाचनहरु भए । कहिले कांग्रेसको महाधिवेसन त कहिले नेवि संघको कार्यक्रम । यो बीचमा चुनावपनि भयो । उहाँले टानमा समय नै दिनुभएन । हरेक कुरा पैसासँग जोडिने हुनाले पैसासँग सम्बन्धित काम नै उहाँले रोकीदिने गर्न थाल्नुभएपछि केहि गर्न सकिएको छैन ।’ टान अध्यक्ष चन्द्र रिजालले अर्थ सरोकार सँग भने, ‘उहाँ फरक प्यानलबाट निर्वाचित भएर आउनुभयो । आफु कमजोर भएपछि निहुँ खोज्ने काम गर्न थाल्नुभयो । साधारण सभामा उहाँपनि सहभागी भएर पारित भएको विषय हो यो । राम्रोसँग बुँदा नै देखिन, फर्जी हस्ताक्षर भयो भन्ने मनगणन्ते कुराहरु ल्याएर अहिले उहाँले विवाद झिकीरहनुभएको छ ।’
उनका अनुसार टानमा कोषाध्यक्ष ‘घाँडो’ बनेका छन् । टानको कार्यकालभर केहि पनि काम गर्न नदिने, विवाद झिकिरहने र टानलाई कमजोर बनाउने खेलमा कोषाध्यक्ष लागेका छन् । ‘कामका नाममा सिन्को पनि नभाँच्ने, खाली राजनीतिक कार्यक्रमको पछी लागेर टानलाई समय नदिने अनि नियम अनुसार पारित भएको कुरालाई पछि आएर विवाद झिक्ने कोषाध्यक्षको रबैयाले टानलाई कमजोर बनाउन चाहानेहरु अझै सलबलाएका छन् ।’ उनी अगाडी भन्छन्, ‘कोषाध्यक्ष हरेक काममा भाँजो हाल्ने र पैसासँग सम्बन्धित काम नै नगर्ने गर्न थालेपछि साधारण सभाबाट नियम पास गराएर अध्यक्ष चन्द्र रिजाल, महासचिव कर्ण लामा र सहकोषाध्यक्ष कृष्णमान श्रेष्ठ मिलेर सनराइज बैंकमा खाता खोलेका छौं । कोषाध्यक्षले ‘अति’ गरेपछि यस्तो निर्णय गर्नुपरेको हो । साधारणसभाले विधान संसोधन गरी कोषाध्यक्षको सहमतिबिना खाता खोल्न नपाइने व्यवस्था रहेकोमा त्यसलाई संशोधन गर्दै सहकोषाध्यक्षको संलग्नतामा पनि खाता खोल्न सकिने भनेर व्यवस्था गरिएको छ ।’
के भन्छन् कोषाध्यक्ष ?
यता कोषाध्यक्षले बहने साधारणभामा पेश नै नभएको कुरालाई एकाएक फर्जि हस्ताक्षर गरेर संसोधन गरिएको दावी गरेका छन् । जवकी उक्त एजेन्डा पेश भएर पारित भएको प्रमाण टानसँग सुरक्षित छ । ‘पर्यटक सूचना व्यवस्थापन प्रणाली टिम्स कार्ड वितरणबाट उठेको ३० लाख रुपैयाँ टानको खातामा राखेर खर्च गर्न यो खाता खोलिएको हो । टानको यो रकम दुरुपयोग हुँदैछ ।’ उनले भने । यद्यपी अन्य पदाधिकारीहरु भने टानले खर्च गर्नुपर्ने कुरा धेरै ठाउँमा रहेको तर कोषाध्यक्षले चेकमा हस्ताक्षर नै नगरेर काम अड्काएको आरोप लगाईरहेका छन् । टिम्सबाट आएको रकम कर्मचारी खर्च तथा ट्रेकिङका क्रममा ज्यान गुमाउने गाइडहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने काममा प्रयोग गर्ने गरिन्छ । यसरि क्षतिपूर्ति नपाउनेहरु अहिले धेरै छन् । सोहि रकम क्षतिपूर्तिमै खर्च गर्ने तयारीको पनि कोषाध्यक्षले विरोध गरिरहेको टानका अन्य पदाधिकारीहरुको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्