Skip to content
LAXMI SUNRISE BANK

टेलिकमको ल्यान्डलाइन फोन प्रयोगकर्तालाई खुसीको खबर, अब यी पाँच सेवा भए निशुल्क

अर्थ सरोकार

नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोन सेवाका विभिन्न पूरक सेवाहरुमा लाग्ने शुल्क हटाएको छ । यी सबै सुविधा लिदा पहिले केही शुल्क लाग्दै आएकोमा गत साउन १ देखि ती सुविधा निःशुल्क रुपमा उपलब्ध गराउन थालिएको टेलिकमले जानकारी दिएको छ।
ल्याण्डलाइन टेलिफोनमा कसैले कल गरेकोमा कलरको नम्बर देखिने सुविधा (कलर आईडी) लिनका लागि सुरुमा शुल्क लाग्दै आएकोमा अब यो निःशुल्क भएको छ ।
त्यसैगरी आइएसडी सेवा आफैले बन्द गर्न र खोल्न सकिने, बारम्बार डायल गर्नुपर्ने नम्बरलाई कुनै दुई अंकमा सेभ गरी सोही दुई अंक थिची नम्बर डायल गर्न सकिने र एउटामा आउने सम्पूर्ण कल अर्को नम्बरमा डाइभर्ट हुनेसुविधा पनि सोही मिति देखि निःशुल्क भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्ययले जानकारी दिइन्।
त्यसैगरी टेलिफोन ब्यस्त हुँदा आउने कल अर्को नम्बरमा डाइभट हुने, ६ पटकसम्म घण्टी बजेर पनि फोन नउठेमा अर्को नम्बरमा डाइभर्ट हुने, आवश्यक पर्ने समयमा अलार्मको रुपमा टेलिफोनमा घण्टी बजाउन वा समय सूचकको रुपमा प्रयोग गर्न सकिने वेक अप कल र टेलिफोनमा कुरा भइरहेको बेला अर्को कल आएको थाहा पाउन प्रयोग गरिने कल वेटिङ सुविधा पनि निःशुल्क लिन सकिने भएको छ ।
टेलिफोन सेटमा आफूले राखेको लकिङ कोड आफैले टेलिफोन सेटबाट परिवर्तन गर्दा समेत अब शुल्क नलाग्ने भएको छ ।
कलर आईडी सुविधा लिनका लागि दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्ने र अन्य सुविधा भने ग्राहकले आफै लिन सकिने टेलिकमले जनाएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK