
काठमाडौं – ठमेलका डान्सबार र डिस्कोमाथि प्रहरीले निगरानी बढाएको छ । सामाजिक विकृतिका विषयमा गोप्य रूपमा अनुसन्धान गर्न महानगरीय प्रहरी परिषर काठमाडौंले निगरानी बढाएको हो । अश्लिल नृत्य, व्यापारको नाममा धन्दा, लुटपाट, ओभर बिलिङजस्ता बिकृति ठमेलमा बढेको गुनासो प्रहरीकोमा पुगेपछि परिषरका एसएसपी (प्रहरी बरिष्ठ उपरिक्षक) छबिलाल जोशी शनिवार स्थलगत निरक्षणमा निस्केका थिए । दरबारमार्गस्थित डेजाबु डिस्कोको निरक्षण पश्चात ठमेल पुगेका एसएसपी जोशीको टोलीलाई नरसिंङचोकस्थित टकिला डान्स रेष्टुरेन्ट बाहिर उभिएका दलालले रेष्टुरेन्टमा गए सबथोक पाईने भन्दै डान्स हेर्न जान अनुरोध गरे।
दलालको करकाप पश्चात बार छिरेका एसएसपी जोशीको टोलीलाई अश्लिल अवस्थामा रहेका बारका युवतीले घेर्दै बस्न आग्रह गरेका थिए । जबरजस्ती बाटो हिँड्ने बटुवादेखि बिदेशी पर्यटक र व्यापारीलाई रेष्टुरेण्टमा बोलाएर लुट्ने गरेको लिखित र मौखिक उजुरी प्रहरीमा आएको थियो । निरक्षण गर्न एसएसपी जोशी स्वयम ठमेल छिरेका थिए ।
रेष्टुरेण्टमा दायाँबायाँ युवती बस्न लगाउने र ग्राहकले अर्डर नगरी ति युवतीले आफू खुशी मगाएर खाने र बिलको भुक्तानी भने ग्राहकलाई गर्न लगाउँदै आएका छन् । यतिमात्र नभई बिदेशी पर्यटक बिषेश गरी भारतीय मूलका नागरीकलाई होटलमा युवती पठाईदिन्छांै भन्दै देहव्यापारका लागि युवतीको मोलमोलाईसम्म डान्सबार डिस्कोमा हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । ठमेल र दरबारमार्ग क्षेत्रमा खोलिएका अधिकांस डिस्को थेकमा भेटिने युवतीहरु यौनकर्मी भएको प्रहरी स्रोत बताउँछ ।
ति युवतीहरु हेर्दा राम्रै घर परिवारको जस्ता देखिए पनि डिस्कोका सञ्चालकहरुले ग्राहक लोभ्याउन सजाईएका यौनकर्मी हुन । यस्ता यौनकर्मीलाई डिस्कोका सञ्चालकहरुले तलब र खानपान सुबिधा समेत दिदै आएका छन् । यस्ता किसिमको गतिबिधीमा समेत काठमाडौं परिषरले बिषेश निगरानी राखेको छ । जनप्रहार साप्ताहिकमा खबर छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्