नेकपा एमालेले गुल्मीको रेसुङ्गा नगरपालिका जित हात पारेको छ । रेसुङ्गामा एमालेका उम्मेदवार डिल्लीराज भुसाल विजयी भएका छन्।
झिनो मतले कांग्रेस उमेदवार भुवनप्रसाद श्रेष्ठलाई पछाडी पार्दै भुसालले ६३८१ मत ल्याएर उनै श्रेष्ठ संग २० वर्ष अघिको हारको बदला लिदै बिजय प्राप्त गरेका छन्।
निकटतम प्रतिद्धन्द्धी कांग्रेसका भुवनप्रसाद श्रेष्ठले ६२०४ मत प्राप्त गरे । २०५४ सालमा पनि साविकको तम्घास गाविसमा यि दुवै जना दुवै दलको तर्फबाट गाविस अध्यक्षमा भिडेका थिए ।
यस्तै उपमेयरमा पनि एमालेकी सिता भण्डारी ६२१३ मत ल्याएर विजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी अमृता देवि कुँवरको ६१७९ मत प्राप्त गरिन् ।
यस्तै स्थानीय तह वडामा पनि रेसुङ्गाका १४ मध्ये ६ वटामा एमालेले विजय प्राप्त गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्