उपराष्ट्रपति नन्दकिशोर पुनले वाइनको गिलास उठाउँदा भएको एउटा कमजोरीका कारण सामाजिक सञ्जालमा निकै आलोचना भएको छ ।
पुनले वाइनको गिलास न्याप्किनले समातेर राजदूतसँग चियर्स गरेपछि उनको सामाजिक सञ्जालमा आलोचना भएको हो।
देशको उपराष्ट्रपति जस्तो उच्च ओहोदाको जिम्मेवारी समालेका पुनको यस्तो सामान्य भन्दा सामान्य कमजोरीका कारण सामाजिक सञ्जालमा आलोचानाजन्य चर्चापरिचर्चा भएको छ।
अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा दुतावासले आयोजना गरेको एक समारोहमा उपराष्ट्रपति पुनले न्याप्किनले समातेर गिलास उठाएको तस्बिर सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ ।
सामाजिक सञ्जाल फेसबुकमा बरिष्ठ पत्रकार किशोर श्रेष्ठले आफ्नो फेसबुकमा स्टाटस राख्दै उपराष्ट्रपतिको आलोचना सुरु गरेपछि उनको तस्बिर चर्चित बनेको हो ।
आम मानिसका लागी यो कुरा सामान्य हुन् सक्छ तर देशको विशिष्ट जिम्मेवारीमा भएका भिआइपिहरुले यस्तो गर्दा देशकै बेइज्जेत भएको छ।
रोचक कुरा त के भने दुतावासको आधिकारिक फेसबुक पेज U.S. Embassy, Nepal बाट उक्त कमजोरिजन्य तस्बिर सार्बजनिक भएको थियो ।
दुतावास कर्मचारीले उक्त तस्बिरको साटो अर्को तस्बिर पोस्ट गरेको भए यस्तो लाजमर्दो आलोचना हुने थिएन कि ?
हेर्नुहोस् U.S. Embassy, को वालमा पोस्ट गरिएको तस्बिर

हेर्नुस पत्रकार श्रेष्ठले आलोचना गर्दै लेखेको स्टाटस

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्