भोजपुर – श्रीमान् नभएको बेला अर्काकी श्रीमतीसँग सुतेको भेटिएपछि एक प्रहरी असईले कुटाई खाएका छन् । एक होटलकी सञ्चालिकासँग राति सुतिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत एक असई भेटिएपछि कुटाई खाएका हुन् ।
शुक्रबार राति होटल सञ्चालिकाका श्रीमानले राति १२ बजे दुवै जनालाई घरैमा सुतिरहेको भेटेपछि कुटेका थिए । प्रहरी सेवाबाट अवकाश हुन लागेका ती प्रहरी असई होटलमा आउने जाने र सबैसँग परिचित रहेका थिए ।
आफ्नी श्रीमती र प्रहरीको अनैतिक सम्बन्ध थाह पाएर हो या संयोगले हो, दिङ्ला जान्छु भनी हिँडेका श्रीमान् फेरि राति घरमै फर्किएका थिए । घरमा फर्कंदा आफ्नी श्रीमती र प्रहरी सँगै सुतिरहेको देखेपछि दुवैजनालाई उनले कुटपिट गरेका हुन् ।
कुटपिटबाट श्रीमतीको नाक भाँचिएको छ । असई फुयालको टाउकोमा गम्भीर चोट लागेको छ । श्रीमानको कुटपिटबाट घाइते भएका दुबैलाई सिद्धकाली हस्पिटलमा उपचारका लागि प्रहरीले लगेका थिए । अर्काकी श्रीमतीसँग सुतेर कुटाई खाएका असईलाई तत्काल हिरासतमा राखिएको थियो ।
घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यसँग बुझ्दा घटनाबारे सामान्य हल्ला सुनेका तर त्यस्तो कुनै उजुरी नआएकोले सोधखोज नगरिएको बताए ।
उमेर र व्यवहारिक रुपमा बाजे भइसकेका ती असई अर्काको श्रीमतीसँग सुतेपछि उनलाई अहिले हुनु नहुनु भएको छ । कुटपिट गर्ने श्रीमानले प्रहरी कार्यालयमा उजुरी नदिएपछि उन्मुक्ति भने पाएका छन् ।
ती असईले महिलाको श्रीमानलाई ६ लाख रुपैयाँ पनि तिरेका छन् । प्रहरी असईले गल्ती नदोहोर्याउने सर्तमा सोमबार रकम दिएर मिलापत्र गरिएको स्रोतले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्