
काठमाडौं । इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी वर्ल्ड लिंकले एक लाख ग्राहक पुर्याएको छ। सन् १९९५ मा दिलिप अग्रवालले कम्पनीको सुरुवात गरेका थिए। उनी अहिले कम्पनीका अध्यक्ष हुन्।
स्थपनाको २१ वर्षमा ग्राहक संख्या एक लाख पुर्याएपछि कम्पनीले दश जना भाग्यशाली ग्राहक छानेको छ। दशै जना भाग्यशाली ग्राहकले एस ८ मोवाइल उपहार पाएका छन् ।
उपहार पाउनेमा काठमाडौंका भरत शाही ठकुरी, तेन्जिङ शेर्पा, एड्भेन्चर तानसेन ट्रेक, सुजन तिमल्सिना, बिनोद थापा मगर छन्। त्यसैगरी भक्तपुरकी ज्योती लामा, भैरहवाका राजेन्द्र कुमार, धनगढीबाट पाहुरा थारु डेलीका स्माईल चौधरी वीरगञ्जका गौरव कुमार अग्रवाल, र बुटवलकी पार्बती थापा छन् । त्यसैगरी कम्पनीले १०० जना ग्राहकलाई तीन महिनाको निशुल्क इन्टरनेट उपहार समेत दिएको छ।
वल्र्डलिंकले अब नेपाली बजारमा एक स्थापित इन्टरनेट सर्भिस प्रदायक बनेको छ, कम्पनीले जारी प्रेस विज्ञप्तीमा छ। कम्पनीले असार १६ मा वजेता घोषणा गरेको थियो भने विहिवार उपहार वितरण गरेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्