
धादिङ्ग घर ठेगाना उल्लेख भएका एकजना व्यक्ति (आत्माराम थपलिया)ले सामाजिक सञ्जाल फेसबुकमा नेपालका विभिन्न जातजाति बिरुद्ध निरन्तर अपशब्द लेखेर पोस्ट गरिरहेका छन् । केहीदिन यता मंगोलियन मुलका जातजाति र नेपालका ठकुरीहरुलाई पटक-पटक गालीगलौजको भाषामा आत्मरामले फेसबुकमा स्टाटस लेख्दै अपमान गरिरहेका छन्।
नेपालमा बसोबास गर्ने शेर्पा, तमाङ्ग, मगर, गुरुङ, राइ, लिम्बु र ठकुरीहरुलाई तोकेरै यसरी आफ्नो फेसबुकमा तथानाम गाली गर्दा यिनलाई साइबर अपराध किन लाग्दैन ? भन्ने प्रश्न हजारौ नेपालीले गरिरहेका छन्।आफुलाई हिन्दु धर्म मान्ने बताउने आत्मारमले नेपालका बुद्ध, क्रिसियनलगायत अन्य धर्मावलम्बीहरुलाई आपत्तिजनक सब्दले गालीगलौज गरिरहेका स्टाटसहरु उनको वालभरी देख्न सकिन्छ ।
कहाँ हो आत्मारामको अशली ठेगाना
सामाजिक सञ्जाल फेसबुकमा अन्य जातजातिहरुलाई तथानाम गालीगलौज गर्ने आत्माराम थपलिया धादिङ घर भइ हाल बिदेशमा रहेको बुझिएको छ। उनी फेसबुकमा पोस्ट गरेको फेसबुक अबाउट सहितको ठेगानाअनुसार उनको घर धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ७ रहेको छ।
सामाजिका सञ्जालमा विवादस्पद स्टाटस राख्ने आत्मारामले आफै आफ्नो सबै ठेगानाका साथ बुवा आमाको नामसमेत पोस्ट गरेका छन् । त्यस्तै आत्मारमले आफ्ना स्टाटसका कारण कसैलाई असर परेको भए अदालत वा प्रहरीकहाँ मुद्दा हाल्न पनी ठाडै चुनौती दिएका छन् ।
अहिले डिजिटल जमानामा सोसल मिडियाको ठुलो भूमिका हुने भएकाले यसरी सामाजिक सदभाव बिगार्ने गरी प्रतुत ब्यक्ती जुनसुकै मुलुकमा रहेको भएपनि यस्ता साइबर अपराधीलाई सरकारले बेलैमा कानुनी कारबाहीको दायरामा ल्याउन जरुरी छ ।

यसरी सामाजिक सञ्जालमा अपसब्द प्रयोग गर्दै जातीय र धार्मिक हिँसा भड्काउने खालका अभिव्यक्ति दिने जो कसैका विरुद्ध साइबर अपराधको मुद्दा लगान सकिने कानुनी व्यवस्था छ । आत्माराम भने बिदेशमा भएको कारण नेपाल प्रहरीको साइबर अपराध अनुसन्धान ब्युरोले आबस्यक कदम चाल्न नसकेको फेसबुक प्रयोग कर्ताहरुको आरोप छ ।
हेरौ उनले पोस्ट गरेका केहि स्टाटसहरु



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्