
काठमाडौं – एसीसीएले २०१७ जुनमा लिएको परिक्षामा एसीसीएको तेश्रो तह प्रोफेसनल तह अन्तर्गतको ‘बिजनेस एनलाइसिस प्रोफेसनल’को परीक्षामा नेपाली विद्यार्थी विश्व प्रथम भएकी छिन् । द ब्रिटिश कलेजमा अध्ययन गरेकी रेजिका महर्जन उक्त परिक्षामा विश्व प्रथम भएकी हुन् । यसभन्दा अघि उनी एसीसीएको दोश्रो तह ‘स्किल लेभल’ परीक्षामा नेपाल प्रथम भइसकेकी थिईन् । प्रोफेसनल लेभल अन्तर्गत उक्त विषयमा नेपालीले विश्वकै प्रथम स्थान प्राप्त गरेको यो पहिलो पटक हो ।
यसैबीच विश्व प्रथम भएकी महर्जनलाई एक कार्यक्रमका बीच सम्मान समेत गरिएको छ । उनलाई नगद रु २०००० समेत प्रदान गरिएको थियो । एसीसीएमा उत्कृष्ट भएकी महर्जनको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरुले नेपाली विद्यार्थीले पनि एसीसीएको नतिजामा यसरी उत्कृष्ट नतिजा ल्याउनु निकै गर्वको कुरा रहेको बताएका थिए । कार्यक्रममा नेपालमा रहेका विभिन्न एसीसीएका सदस्य, महर्जन अध्ययन गरेको ब्रिटिश कलेजमा प्रतिनिधि लगायतको उपस्थिति थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्