
काठमाडौँ – नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिनेहरुको विरुद्ध अनुसन्धान गरी दोषीलाई कारवाहीको माग गर्दै विवेकशील साझा पार्टीका कार्यकर्ता र चिकित्सा शिक्षाका विद्यार्थीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन्।
उजुरी दर्तापश्चात विवेकशील साझाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘काठमाडौँको घट्टेकुलो स्थित काठमाडौँ नेसनल मेडिकल कलेजलाई अवैधानिक रुपमा सम्बन्धन दिएका त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनिया, शिक्षाध्यक्ष श्री सुधा त्रिपाटी, रजिस्टराध्यक्ष श्री डिल्ली राम उप्रेती, झुटो प्रतिवेदन दिने पदाधिकारीहरू, रिसवत दिने प्रस्तावित कलेजका सञ्चालक, शिक्षा मन्त्रालयका केही कर्मचारीहरु, बिचौलियाको भूमिका खेल्ने राजनीतिक दलका नेता लगायत यस कार्यमा संलग्न त्रिविका वर्तमान तथा पूर्व पदाधिकारीहरु, मेडिकल काउन्सिलका पदाधिकारीहरू उपर अनुसन्धान गरी भ्रस्टाचारजन्य कसुरमा मुद्दा चलाई हदैसम्मको कारबाही गरौं ।’
उजुरी दर्ता गर्न जाने क्रममा आयोगका सुरक्षाकर्मीले माथिको आदेश भन्दै एक व्यक्तिले मात्र उजुरी दर्ताका लागि प्रवेश निषेध गरेपछि करीव ४० सहभागीहरुले सामुहिक रुपमा निवेदन दर्ता गरेका थिए।त्यहाँबाट निस्केपश्चात सहभागीहरुले भाटभटेनी मन्दिर अगाडी कोणसभाको पनि आयोजना गरेका छन्।कोणसभामा संयोजक शशीविक्रम कार्कीले लूटतन्त्र विरुद्धको भद्र आन्दोलनमा सबै नेपाली सहभागी भई मफियाहरुलाई परास्त गरेरै छोड्ने बताए। उनले अवैधानिक सम्बन्धन विरुद्ध आजै १२ बजे माइतीघरदेखि नयाबानेश्वर सम्म नागरिक र्याली आयोजना गरिएको पनि जानकारी दिए। – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्