
- अर्थ सरोकार सम्बाददाता
जनकपुर – सहरी विकास तथा भवन निर्माणमन्त्री प्रभू शाहको सामुने एडीबीको ऋण सहयोगमा सञ्चालित जनकपुर नगरक्षेत्रको एकीकृत विकास आयोजनाको स्थलगत अनुगमनका लागि पुगेका जनकपुर उपमहानगरपालिकाका कार्यकारी प्रमूख स्थानीयद्वारा कुटिएका छन् ।
मंगलबार बिहानैदेखि उक्त क्षेत्रको अनुगमनका लागि मन्त्री शाह सम्बन्धित कार्यालयका प्रमुखहरुसहित विद्यापति चोक पुगेका थिए । उक्त चोकमै सडक निर्माणको क्रममा व्यवसायीले ठूलो खाल्डो खनेर छोडेको देखेपछि मन्त्री शाहले आक्रोशित हुदैं त्यहाँ उपस्थित ठेकेदार बलराम महतोलाई हप्काए। यति भनेपछि मन्त्रीसंग त्यहाँ उपस्थित स्थानीयहरुले पनि आफूले भोगेको सास्तीको बारे गुनासो गर्न थाले।
जनकपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुख अर्जुन प्रसाद सुवेदी आफ्नो गाडीमा आफ्नै सुरमा मोबाईल चलाएर बसेका थिए। उपमहानगरपालिका समन्वयमा संचालित आयोजनामा सबैभन्दा बढि जिम्मेवार कार्यकारी प्रमुख मन्त्रीलाई नटेरी गाडीमा बसेको थिए । जनकपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुख अर्जुन प्रसाद सुवेदी आफ्नो गाडीमा आफ्नै सुरमा मोबाईल चलाएर बसेका थिए । त्यहाँका केही स्थानीय युवाहरुले उनलाई बाहिर आइ मन्त्रीको कुरा सुन्न आग्रह गरे तर सुवेदीले मन्त्रीको कुरा आफुले सुन्न नचाहेको संकेत दिए पछी युवाहरु आक्रोशित भएका थिए । उनलाई गाडीबाट तान्दै कुट्न थालेका थिए ।कुटपिटको क्रममा उनीहरुले सुवेदीको लुगासमेत च्यातेका थिए । घटनामा प्रहरी प्रमुखहरु आफैं उपस्थित भएकाले तत्कालै नियन्त्रणमा लिइएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्