प्रहरीका असइ हत्या प्रकरणका आरोपी सुशील गुरुङले आफ्नी श्रीमतीसंग रातिमा यौन सम्बन्ध राखिरहेको अबस्थामा रंगेहात भेटेपछि आफुले २ मुक्का हानेको बयान दिएका छन्।
एक हप्ता अगाडी धादिङको खनियाबास गाउँपालिका अन्तर्गत दार्खामा रहेको प्रहरी चौकीका असइ बीर बहादुर गुरुङको रहस्यमयि ढंगबाट हत्या भएको घटनामा संलग्नता रहेको भन्दै प्रहरीले खोजी गरेपछि आत्मसमर्पण गरेका गुरुङले यस्तो बयान दिएका छन् ।
असइ बिर बहादुरको हत्या पश्चात विभिन्न प्रश्नहरु समेत उनिरहेका बेला उक्त हत्या प्रकरणको मुख्य आरोपी शान्तालाल भनिने सुशील गुरुङले प्रहरीमा आत्मसमर्पण गरेपछि घटनाको यस्तो रहस्य खुलेको हो ।
हिरासतमा रहेका सुशीलले आफूले आवेशमा आएर २ मुक्का र बाँसको अगुलोले असइमाथि प्रहार गरेको स्विकार गरेका छन् ।
सुशीलका अनुसार उनकी श्रीमति र मृतक असइ बीर बहादुर गुरुङबीच यौन सम्बन्ध भइरहेको देखेपछि उक्त घटना भएको थियो । ‘म घरमा आउँदा बुढीसँग आपत्तिजनक अवस्थामा देखेँ ।
त्यस्तो देखेपछि रिस कसलाई उठ्दैन र ? मैले भगाउने हिसाबले हानेको थिएँ । उहाँ भाग्नु भयो । मैले मान्छे पनि चिनेन । त्यो भन्दा अगाडी नै मेरो बुढी भागिसकेछ,’ उनले भने,‘खोजतलास गरेँ बुढी भेटाइन । मैले भोलीपल्ट मात्र मान्छे मरेको कुरा थाहा पाएँ । पुलिसको मान्छे रहेछ । थाहा नै भएन ।’
प्रहरीले घटनास्थल दार्खा पुगेरै अनुसन्धान गरेपछि सइ गुरुङको हत्याको आरोपमा सुशीलकी श्रीमती तारा गुरुङलाई पनि पक्राउ गरेको थियो । घटना भएको एक हप्तापछि हत्या आरोपी सुशील प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्