- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – दर्जनौंको मृत्यु र हजारौं परिवार घरवारविहीन हुनेगरी तराईमा आएको बाढी पहिरो आएको छ । ती पीडितहरुलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोषको स्थापना गरेको छ । कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन् ।
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्को आइतबार बसेको आकस्मिक बैठकले आपतकालीन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको छ । यो दुःखको घडीमा हामी देशवासीको साथमा छौं’ अध्यक्ष घलेले भने- बैठकबाट हामीले एक करोड बढी रकम संकलन गरिसकेका छौं, आवश्यक राहत सामाग्री खरिद गरी हामी तत्कालै वितरणमा खटिने छौं । संघका अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी फाउण्डेसनले बाढीपीडितकालागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
सहयोगको आवश्यकताबारे गृहमन्त्रालयले विस्तृतमा जानकारी दिएपछि सोही आधारमा राहत सामाग्री उपलब्ध गराउने संघले निर्णय गरेको छ । तत्कालकालागि राहत कोषको रकम दुई करोड रुपैयाँ पुर्याउने र सामाग्री खरिद प्रकृया सुरु गर्ने जनाइएको छ । राहत वितरणको समन्वय गर्न संघका अध्यक्ष घले तत्कालै अष्ट्रेलियाबाट नेपाल आउने बताइएको छ । संघले विश्वभरि छरिएर रहेका नेपालीहरुलाई आफ्नो गच्छेअनुसार रकम सहयोग गर्न आह्वान गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्