×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाबुरामले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रचण्डलाई ‘लभ गर्दै हिड्ने कलियुगका कृष्ण’ भनेपछि…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बाबुरामले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रचण्डलाई ‘लभ गर्दै हिड्ने कलियुगका कृष्ण’ भनेपछि…

Artha Sarokar

१५ भाद्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नयाँ शक्ति नेपालका अध्यक्ष डा.बाबुराम भट्टराइले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘कलियुगका कृष्ण’ को संज्ञा दिएका छन् ।
चुनावी प्रचार अभियान लिएर मधेसमा पुगेका प्रचण्डबारे सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै पुर्व हितैषी बाबुरामले उनलाई ‘कलियुगका कृष्ण’ भनेका हुन् । उनले आफु मधेसका लागि सवैभन्दा बढि लडेको बताउँदै फेरी पनि मधेसका लागि लड्ने बाचा गरिरहेका बेला भट्टराईले उनीप्रति ब्यङगे गर्दै कलियुका कृष्णको संज्ञा दिएका छन् ।
‘चुनावको बेला मधेसँग लभ !, सत्ताका लागि बाह्यशक्तिसँग लभ !, कमिशनकानिम्ति एनसेल, गेजुवा, चुडामणिसँग लभ !’ भट्टराईले आफ्नो ट्वीटर पेजमा लेखेका छन् ‘कलियुगका कृष्णको लिला अपरम्परा छ !’ 
मतदात रिझाउन दाहाल रौतहटमा भन्ने कान्तिपुरको समाचार शेयर गर्दै भट्टराईले यस्तो टिप्पनी गरेका छन् । उनले चुनावका बेला मात्र मधेसँग प्रचण्डले लभ गर्ने, कमिशनका लागि एनसेल, गेजुवा र चुडामणिसँग मिलेको आरोप समेत लगाएका छन् । 
यसअघि पनि काँगेससँग चुनावी तालमेल गरेका प्रचण्डलाई बाबुराम भट्टर्राईले व्यंग्य गरेका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी