
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – आइतबार अरुण पूर्वका तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, सुनसरी, मोरङ गरी ९ जिल्लामा यातायात र बजार पसल ठप्प रहेका छन् । विसं १८३१ साल साउन २२ गते कै दिन लिम्बुवानको तत्कालिन गोर्खासँग भएको नुनपानी सन्धिले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै साउन २२ लाई परिषदले कालो दिनको रुपमा मनाउँदै आएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले तेह्रथुमको अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य बनाउनु पर्ने मागका कारण बन्द गरेको हो । बजार, पसल, शैक्षिक संस्था र कलकारखाना बन्द रहेका छन् । प्रेस र एम्वुलेन्सबाहेक कुनै पनि गाडी चलेका छैनन् । साउन २२ गतेलाई कालो दिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आइतबारका लागि नौ जिल्ला बन्दको आह्वान गरेको छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्