
चितवन : सर्वोच्च अदालतको आदेशपछी भरतपुर महानगरपालिका १९ मा साउन २० गते चुनाव हुने भएको छ । आइतबार सर्वोच्च अदालतले पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि निर्वाचन हुने भएको हो । निर्वाचन आयोगले मंगलबारदेखि नै आचारसंहिता लागू हुने पनि बताएको छ।
यसैबीच माओवादीसँग मिलेर अगाडी बढ्दा आफूहरुकै बेइज्जत भएको भन्दै थुप्रै कांग्रेसी गुटहरु एमालेलाई भोट हाल्न लविङ सुरु गरेका छन् । यसअघि तीब्र प्रतिष्पर्धा भएकालेपनि केहि भोटहरु पनि महत्वपूर्ण हुने देखेर कांग्रेसीहरुनै विभिन्न समूह बनाएर एमालेका लागि भोट माग्दै हिंडेका छन् ।
‘माओवादीसँग मिल्दा मत च्यात्नेहरुको समूह भनेर हामीलाई पनि दोष आयो । अव एमालेलाई भोट हालेर जिताउनुपर्छ ।’ एमालेलाई भोट हाल्न लविङ गरिरहेका एक कांग्रेसी नेताले भने ।
मतपत्र च्यातेपछि जनतामा देखिएको आक्रोशले एमालेको जित निश्चित भएको प्रतिक्रिया आइरहेका बेला भरतपुरको यस्तो खबरले देवी ज्ञवालीको जीतलाई थप प्रसय दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्